Saturday, January 23, 2021
Home > mophosala > संसद आज पनि अवरुद्द कारकबने बाँकेका (नेकपा) सांसद नन्दलाल

संसद आज पनि अवरुद्द कारकबने बाँकेका (नेकपा) सांसद नन्दलाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बाँके क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद नन्दलाल रोकायले प्रतिनिधिसभामा आज गरेको सम्बोधनका कारण संसद पुनः अवरुद्ध भयकाे छ ।

सांसद रोकायले बाँकेको सीतापुरमा नेपाली कांग्रेस बाँके कि सभापती किरण काेईराला लगायतका नेता घाईते हुने गरी घटेको घटनाबारे गरेको टिप्पणीमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै राेस्टम घेराउ गर्नुका साथै नाराबाजी गरेपछि आजदेखि सुचारु भएको संसद बैठक असोज १ गतेसम्मको लागि स्थगित भएको हो ।

कांग्रेसकाे जारी द्राेस्राे चरणकाे राष्ट्रिय जनजागरण अभियानका क्रममा बाँकेको सीतापुरमा नेकपाको कार्यकर्ताको आक्रमणबाट नेपाली काँग्रेसका जिल्ला सभापति कोइरालाको हात भाँचिनुका साथै अन्य केही घाइते भएको भन्दै काँग्रेसले संसद अवरुद्ध पार्दै आएको थियो ।

आईतवार बाँके प्रहरीले आक्रमणकारी विरुद्द गरियकाे किटानीजारी दर्ता गरेवछी संसद संन्चालन हुन दियकाे थियाे तर संसद सुचारु भईसके पस्चात सांसद रोकायकाे सम्बाेधन प्रति आपती जनाउदै संसद अवरुद्द गरेकाे हाे ।

बाँकेको सीतापुरस्थित रेडक्रसको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति कोइराला लगायतका काँग्रेस कार्यकर्ताहरुमाथि नेकपाका कार्यकर्ताको समूहले मञ्चमै पुगेर आक्रमण गरेको काँग्रेसले जनाएको छ ।

Leave a Reply