काठमाडौं । असोज ३ गते हुने संविधान दिवसमा समाजवादी पार्टीले कुनै पनि प्रकारका संविधान दिवस विरोधी कार्यक्रम पनि नगर्ने तथा कुनै पनि उत्सवका कार्यक्रम नगर्ने निर्णय आज बसेकाे केन्द्रिय कमिटिकाे बैठकले गरेको छ ।
समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले एक विज्ञप्ति जारी गर्दै तत्कालिन संविधान अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको जनाएका छन् ।
समाजवादी पार्टीले बरु तेस दिनलाई मुलुकका सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्कयता विषयक अन्तरक्रियात्मक कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख गरेकाे छ ।