केशब खड्का,रुकुम
सम्झीनेले सम्झीरहन्छन मलाइ आश छ ।
र यो कुरुप बचन सहन्छन मलाइ आश छ ।
यो भिड जुन दिन डाडाको जून जस्तै हुन्छ
सडकका मान्छेहरु बहन्छन मलाइ आश छ ।
आफनै धरो च्यार्र च्यातेर निधारमा बाधिदियौ
आमा दुख्नेछैन पम्फुरो दनदन मलाइ आश छ ।
एकसुरो न्याउलि बासिरहदा सियालो छाडेको हुँ
सोच्छु बसेर उस्तैहोला रनवन मलाइ आश छ ।
गरीबको भाषण गरीरहनेहरुलाइ जिताएका छौ
अब सकिन्छ यो साहुको गनगन मलाइ आश छ ।
गोलो छ ,नचाहेर नि तिमि मलाइ भेटिरहने छौं
र पृथ्वी सधैं घुम्नेछ फनफन मलाइ आश छ ।
..गजलकार खड्का मकवानपुर पलपल खबरका संवाददाता हुन