Monday, January 18, 2021
Home > mophosala > नेकपामा चम्किदै वामदेव गाैतमकाे भाग्य

नेकपामा चम्किदै वामदेव गाैतमकाे भाग्य

काठमाडौं । एकल नेत्रीत्वकाे चर्चा परिचर्चाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभिन्न तहमा वहस विमर्स चुलि रहेकाे बेला एउटा अचम्मकाे कुरा मिडियामा आएकाे छ ।

नेकपा भित्र एकल नेतृत्व पद्धतीको बारेमा बहस सुरु भएको बेला यस्ताे कुरा बाहिर आएकाे हाे । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कुनैपनि हालतमा पार्टीको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुम्पिने पक्षमा छैनन्।

सिंगापुरमा उपचार गराएर नेपाल फर्केपछि प्रधानमन्त्रीकाे आफ्नै निवास बालुवाटारमा आफु पक्षका नेताहरुसँग गोप्य छलफल गरी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो रणनीति सुनाएका थिए ।

नेपाल कम्युनिष्ठ पार्टि निकट उच्च स्रोतले दिएको गाेप्य सुचना अनुसार ओलीले आफूपछि नेतृत्वमा पार्टी उपाध्यक्षमा प्रस्तावित नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई नै अघि बढाउने तयारी गरेका छन् ।

यसको लागि उनले गौतमलाई आउने मंसिरमा हुने उपनिर्वाचनमा काँस्कीबाट उम्मेद्धवार बनाउने तयारीपनि थालेका छन् । पछिल्लो समय ओलीसँग वामदेवपनि निकट भएका छन् ।

Leave a Reply