Tuesday, January 19, 2021
Home > mophosala > भीम रावलले गरे सुदूरपश्चिम प्रदेश एकिकरणकाे काम पूरा

भीम रावलले गरे सुदूरपश्चिम प्रदेश एकिकरणकाे काम पूरा

धनगढी । प्रदेश इन्चार्ज भीम रावल रहेकाे  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेशले प्रदेशमा रहेका सम्पुण जिल्ला तथा स्थानिय निकायमा एकिकरण सहित सम्पुण कमिटी बिस्तार गरेकाे  घोषणा गरेको छ ।

रावलसहित सम्पुण पदाधिकारीले  शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी सुदूरपश्चिमका ९ जिल्ला र ८८ स्थानीय तहका साथै वडा तहसम्म समेत एकीकरणको काम सकेकाे कार्यक्रममा उपस्थित एक नेताले बताए ।

रावलले भने अब बिभिन्न पार्टि भित्रका भातृ संगठनहरुको एकीकरण पनि टुंगो लाग्ने र राष्ट्रिय स्वाभिमान र पार्टी एकताकाे सन्देश दिन गाउँ गाउँसम्म अभियान चलाउने जानकारी दिय। पार्टी एकीकरण टुंगो लगाउने नेकपामा सुदूरपश्चिम प्रदेश कमिटी पहिलो भयकाे दाबि समेत रावलले गरेका छन ।

यसैबीच नेकपाको प्रदेश ३ कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश अध्यक्ष नारायण दाहालका बुबाको निधन भएका कारण भदौ २९ मा डाकिएको प्रदेश कमिटी बैठक अर्को सूचना नभएस्म्म स्थगित गरिएको प्रदेश सचिव आनन्द पोखरेलले बताए ।

प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन र प्रदेश कार्यालय गठन लगायतका एजेण्डामा छलफल गर्न बैठक बोलाइएको थियो । प्रदेश ३ अन्तर्गत भक्तपुर,ललितपुर, काभ्रे र रामेछापबाहेक अन्य जिल्लाको एकीकरणको काम लगभग सम्पन्न भएको पोखरेलले बताए ।

Leave a Reply