Wednesday, January 27, 2021
Home > mophosala > विपि कोइरालाको १०६औं जन्मजयन्ति मनाउन जनताका माझ नेता शाही

विपि कोइरालाको १०६औं जन्मजयन्ति मनाउन जनताका माझ नेता शाही

जुम्ला । नेपाली कांग्रेस जुम्लाका यु्वा नेता तथा पार्टिका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले कांग्रेसकाे जागरण अभियानका क्रममा बाेल्दै भने दुई तिहाईकाे दम्ब देखाउंदै नेकपाकाे सरकार नीतिगत भ्रष्टाचारमा लिप्त रहेको दाबी गरेका छन्।

विपि कोइरालाको १०६औं जन्मजयन्ति तथा पार्टीले सुरू गरेको दोस्रो चरणको जागरण अभियानका क्रममा जुम्लाको तिला गाउँपालिकामा आयोजित कार्यक्रममा नेता शाहीले यस्तो दाबी गरेका हुन्। साथै उनले कांग्रेसको जागरण अभियानले गाउँगाउँमा कांग्रेसी कार्यकर्तालाई उत्साहित बनाएको बताए।

नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक बिबाद, मतमतान्तर र निर्वाचनमा भएको अन्तर्घातलाई समिक्षा गर्दै नेपाली जनतासगँको सम्बन्ध विस्तार र सुधारमा लाग्नुपर्ने नेता शाहीको सुझाव छ।

शाहीले भने, ‘जुम्लाका गाउँगाउँमा कांग्रेसको जागरण अभियानमा खुशीका साथ जनताको उत्साहजनक सहभागिता भएको छ। जनताको यो उत्साहले कम्युनिष्ट सरकार दिनप्रतिदिन कमजोर बन्दै गएको प्रष्टपार्छ। यतिबेला नेपाली कांग्रेसले जनता र देशका बारेमा गम्भिर भएर सोच्नुपर्ने समय आएको छ।’

यूवा नेता शाहीले निर्वाचनका बेला भोट माग्न मात्र होइन जनताको सुख, दु्खमासँगै रहने प्रणकासाथ पार्टी अबका दिनमा कमजोरीलाई सच्याएर नयाँ ढङ्गले आत्म समिक्षासहित युग सुहाउँदो कांग्रेस बनाउनुपर्ने सुझाव दिएका छन्।

जनताको साथ सहयोग लिएर कम्युनिष्टको अधिनायकवादी सरकारको भण्डाफोर गर्ने बेला आएको नेता शाहीको भनाई छ।उनले भने,‘दिनानुदिन जनताका विरुद्धमा काम गरिरहेको सरकार नैतिक रुपमा पतन र राजनीतिक रुपमा बिचलित भएको छ। राजतन्त्र, राणासासन र पञ्चायतको पालामा यो देशमा कस्तो अबस्था थियो ? भनेर अनुभुती लिन नपाएका साथीहरूले अब राम्रोसँग अनुभुती गरिसक्नु भएको होला।’

नेता शाहीले अगाडि भने, ‘राणा, राजा र पञ्चायती शासनको महसुस नगरेको भए अब गर्नुहोस्। यो सरकार राणाशासन भन्दा कम छैन। कम्युनिस्टहरुले अति मात्र होइन, अत्याचार गरिरहेका छन। यिनीहरूलाई अब हामीले केही गर्नु पर्दैन। एकदिन आफै पतन भएर जानेछन्।

Leave a Reply