काठमाडौँ । सर्जक तथा गायिका शर्मिला तामाङ सिन्धुपाल्चोक जिल्लामा जन्मेकी हुन्। बुबा गोबिन्दबहादुर श्रेष्ठ र आमा गककुमारी श्रेष्ठको कोखबाट जन्मिएकी शर्मिला सानै उमेरदेखी गीतसंगीतमा रुचि राख्थिन्।
गीतसंगीतलाई सुखदुःखको साथीको रुपमा स्वीकार्ने शर्मिला पछिल्लो समयमा गीत गाउन थालेकी छिन्। पिरतीको डोरीले बेरम बेरम भो ,पान खायो मायाले चुना हालेर,पहले भेट हुन्थ्यो दाउरा घास सोतरमा अहिले भेट हुन्छ फेसबुक र टुइटरमालगाएत एक दर्जन बढी गीतहरुमा आफ्नो शब्दहरु र्सिजना गरिसकेकी छन्।
उनको लेखेका गीत मध्य ‘पान खायो मायाले चुना हालेर’ छोटो समयमा धेरै चर्चा बटुल्न सफल गीत हो। त्यस्तै गरि अञ्जलि अधिकारी र अनुराग ठकुरी अभिनित राजेश बर्देवा र सहिमा श्रेष्ठले गाएको ‘पहिला पहिला’ पनि लगत्तै आएको अर्को लोक पप दोहोरी मिश्रित गीत हो।
असल स्वभाव र सहयोगी भावनाकी सर्जक तथा गायिका शर्मिला तामाङ अहिले जापान बसेर कलम चलाइरहेकी छिन्। नेपाली मन परदेशमा तन भएता पनि नेपाली गीत संगीतको क्षेत्रमा योग्दान दिइरहेक छिन्।
दोहोरी,आधुनिक र पप सबै बिधामा कलम चलाउने शर्मिलाले बाचुन्जेल गीत र कला छेत्रमा निरन्तरता दिने बताउछिन। मान्छेको जीवनमा आउने हरेक उतार चढापलाइ सामाना गर्दै गीतसंगीतलाई निरन्तरता दिने उनको भनाइ छ। अहिले आफैले गीत पनि गाउछिन उनि तामाङ सेलो गीत ‘ठूली कान्छी’ बजारमा आएको छ।