Monday, January 25, 2021
Home > special_one > तरुण दलका अध्यक्ष र महासचिवबीचको विवाद चर्कियो

तरुण दलका अध्यक्ष र महासचिवबीचको विवाद चर्कियो

काठमाडौँ । तरुण दलमा विवाद छताछुल्ल भएको छ। अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एक अर्काका निर्णयका विरुद्ध वक्तव्यवाजी गर्न थालेपछि संगठनको विवाद छताछुल्ल बनेको हो।

महासचिव शाहीले ‘भ्रष्टाचार मुक्त नेपाल, सुशासन युक्त नेपाल’ भन्ने मुलनाराका साथ देश व्यापि दबाब मुलुक कार्यक्रम गर्ने योजना अघि सारेका थिए। तर, संगठनका अध्यक्ष बस्नेतले वास्ता नगरेपछि उनको योजना प्रभावित बन्ने देखिएको छ। भ्रष्टाचारविरुद्धको अभियान चलाउनु पर्ने भन्दै आएका महासचिव शाहीले संगठनको जिल्ला नेतृत्व चयन गरेर सरकारका गलत कार्यका विरुद्ध जुट्न आग्रह गरेका छन्।

यता अध्यक्ष बस्नेतले महासचिव शाहीलाई संगठनको विधि विधानमा रहन सचेत गराउँदै शाहीले जिम्मेवारी दिएका जिल्ला अध्यक्षको जिम्मेवारी खारेज गरेका छन्।

संगठनको निर्णय बिना भ्रष्टाचार विरुद्धको आन्दोलन अध्यक्षद्वारा स्थगित गरिएको भन्दै महासचिव शाही मैदानमा आएका हुन्। बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भने शाही वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्।

तरुण दलको तीन वर्षे कार्यकाल आगामी कात्तिकमा सकिँदै छ। आजका दिनसम्म तरुण दलले संगनलाई पूर्णता दिन सकिरहेको छैन। संगठनको विस्तार गर्न र जीवन्त बनाउन महासचिव शाही सुरूदेखि नै सक्रिय भएता पनि अध्यक्ष बस्नेतको साथ पाएका थिएनन्।

Leave a Reply