Monday, January 25, 2021
Home > special_two > प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । सिङ्गापुरबाट उपचार सकाएर प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यान्ह स्वदेश फर्किएका छन्। प्रधानमन्त्रीका प्रे’स सल्लाहाकार डा। कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न र’क्षामन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापासहितका सरकारका उ’च्च पद’स्थ अधिकारी विमानस्थलमा पुगेका थिए।

प्रधानमन्त्री ओलीले यो पटक पनि विमानस्थलको भीआईपी कक्षमा पत्रकारहरुसँग कुरा गरेनन् । ओलीले बोल्ने अपे’क्षासहित धेरै पत्रकारहरु विमानस्थल पुगेका थिए, तर हात ह’ल्लाउँदै विमानस्थलबाट नि’स्किएका ओली पत्रकारसँग बोल्दै नबो’ली सरकारी निवास बालुवाटारतर्फ लागे। मि’र्गौलासम्बन्धी ए’ण्टिबडीको उप’चारका लागि उनी गत भदौ ५ गते सिंगापुर गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उ’पचार भएको थियो।

उ’पचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रि’जेन्स प्रवि’धिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छ’लफल गरेका थिए । प्रधानमन्त्रीको स्वा’स्थ्य स्थि’ति बु’झ्न सिङ्गापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै फर्किएका छन्।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी थिए। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकि’त्सक डा। दिव्यासिंह शाह यसअघि नै फर्किसकेका छन् । यसअघि उनी त्यही अस्पतालमा स्वा’स्थ्य परी’क्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए।

Leave a Reply