Tuesday, January 19, 2021
Home > मनाेरञ्जन > नेशनल फेस्टिवल म्युजिक अवार्डको लागि आवेदन खुला

नेशनल फेस्टिवल म्युजिक अवार्डको लागि आवेदन खुला

काठमाडौँ – ‘अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन, कला, गला, संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने मुलनारासहित ‘नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६’ को आबेदन फर्म सार्वजनिक भएको छ। यस अवार्डमा बिभिन्न बिधा गरी जम्मा २० वटा बिधा तोकिएको छ।

सामना म्युजिक क्रियशन प्रा।लि। द्धारा आयोजित यस “नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” मा आबेदन फर्म शुल्क रु १ हजार निर्धारण गरिएको छ । यस अवार्डमा दशै, तिहार र प्रदेशी गीत मात्र समाबेश गरिने छ । गायक गायिकाको हकमा भिडियो बजारमा नआएतापनि अडियोको हकमा सहभागी हुन सकिने कुरा आयोजक पक्षले जनाएको छ ।

यही भदौ २४ गते सम्मका लागी यस अवार्डको आबेदन फर्म खुल्ला गरिएको छ । अन्य अवार्ड भन्दा पृथक तरिकाले आयोजना हुन लागेको यस अवार्ड सफल बनाईदिन सहयोगीदाता र कलाकारहरु संग आयोजक पक्षले अनुरोध समेत गरेको छ । अवार्डको आबेदन फर्म भर्नका लागी सामना म्युजिक क्रियशन प्रा।लि।को कार्यालय, अनामनगर, काठमाडौं ९९८६८१५५५०६, ९८४७६५८९६०० मा सम्पर्क गर्नुपर्ने छ ।

Leave a Reply