Wednesday, January 20, 2021
Home > mophosala > फरेष्ट्रीमा हरिण आक्रमण, क्याम्पस प्रमुख यादव भन्छन;-अनाधिकृतरुपमा वनमा प्रबेश गरी मानव बन्यजन्तु द्धन्दलाइ बढवा नदिउ

फरेष्ट्रीमा हरिण आक्रमण, क्याम्पस प्रमुख यादव भन्छन;-अनाधिकृतरुपमा वनमा प्रबेश गरी मानव बन्यजन्तु द्धन्दलाइ बढवा नदिउ

हेटौँडा,२० भदौ-मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थीत वन बिज्ञान अध्यापन गराइने फरेष्ट्री क्याम्पसको वन क्षेत्रमा हरिणको आक्रमणबाट दुईजना घाईते भएका छन ।  हिजो अपरान्हतिर हेटौँडा–४  बस्ने ५० बर्षीय लिलाबहादुर मगर र श्रीमति ४५ बर्षीया मखमली मगर घाईते भएको पुष्टी जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेकको  छ । उनिहरु दाउरा  खोज्न जंगल गएको हुनसक्ने प्रहरीले प्राराम्भिक जानकारी गराएको छ ।

यसबारे वन बिज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख बिजय यादवलाइ बुझदा हरीणहरु फरेष्ट्री क्याम्पसको वनक्षेत्रमा रहेको भएपनि मान्छेलाइ नै आक्रमण गरी घाइते बनाएको पहिले नसुनेको बताए । पछिल्नो घटनाको बारेमा आफुलाइ आधिकारी कुनै जानकारी प्राप्त नभएको भन्दै प्रहरीले यसबारे क्याम्पस प्रशासनलाइ खबर नगरेको बताए । हरीण मांशहारी आहारको प्रजाती होइन,यो वनक्षेत्रमा घास पातहरु खाने र क्याम्पस प्रंगनमा समेत आइरहने गरेका बताउदै यत्रो बिधार्थीलाइ हालसम्म कुनै क्षति नपुराएको हरीणले एक्कासी कसरी दुइ जनालाइ आक्रमण गर्यो अनुसन्धानको बिषय बन्नु पर्ने धाराणा प्रमुख यादवको थियो । वन क्षेत्रमा धेरै प्रकारका अनियमित काम हुने गरेकाले प्रहरीलाइ सबै तवरले अनुसान्धान गर्न आग्रह समेत उनले गरे । वन क्षेत्रमा अनाधिकृतरुपमा प्रबेश गरी बन्यजन्तुलाइ क्षति पुराउने वा बासस्थानमा अबरोध गर्ने काम गरे मात्र वन्यजन्तु आका्रेशित र उत्तेजित हुने र मानबिय क्षति समेत गर्न सक्ने भन्दै वन्यजन्तु संरक्षणमा सबैले सहयोग गर्न तथा अनाअबश्यकरुपमा मानव बन्यजन्तु द्धन्दलाइ बढवा दिने खालका कृयाकलाप नगर्न क्याम्पस प्रमुख यादवले सबैमा आग्रह गरे ।

घाइतेहरुको शरिरभरी घाउँ भएको र हेटौडा अस्पतालमा सामान्य उपाचार पछि थप उपचारको लागि भरतपुर पठाईएको जनाएको छ ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply