Sunday, January 24, 2021
Home > special_one > जातीय संगठनहरुलाई एउटै संगठन बनाउनुपर्छ कांग्रेस नेता राठौर

जातीय संगठनहरुलाई एउटै संगठन बनाउनुपर्छ कांग्रेस नेता राठौर


काठमाडौं भदौ १८ नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले जातीय संगठनहरुलाई एउटै संगठनमा मिसाएर आदिवासी जनजाति संघ बनाउन प्रस्ताव गरेका छन।
मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै नेता राठौरले तामाङ,राई,मगर,थारु,मधेसी लगायतका जातीय संगठन छुट्टै भएकोमा आफ्नो गम्भीर असहमति भएको पनि बताए। उनले यी संगठनलाई हेर्ने कस्ले हो उस्ले तत्काल यी सबै संगठनलाई एउटै संगठनमा रुपान्तरण गर्नुपर्ने पनि जिकिर गरे।

यदि यसो गर्न हामीले सकेनौ भने यसको मूल्य पनि भबिस्यमा राम्रै चुकाउनु पर्ने उनले संकेत गरे। कांग्रेसको अनुशासन समितिको सदस्य समेत रहेका नेता राठौरले पार्टी भित्र अनुशासनहिनता बढ्दै गएको भन्दै सबै केन्द्रिय स्तरका नेताहरूलाई अनुशाशीत रहेर तल्लो लेवलका कार्यकर्तालाई पनि अनुशासित रहने बाताबरण बनाईदिन पनि आग्रह गरे।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply