Monday, January 25, 2021
Home > mophosala > तिजका गितमा झुम्यो हेटौडा,चोकचोकमा नृत्य,पशुपतीमा एकैसाथ तिनवटा कार्यक्रम

तिजका गितमा झुम्यो हेटौडा,चोकचोकमा नृत्य,पशुपतीमा एकैसाथ तिनवटा कार्यक्रम

संकेतिक तस्बिर

 

भदौ १६ मकवानपुर:- हिन्दु महिलाहरु विहानैदेखि हेटौडामा हर्षउल्लाषका साथ तीज मनाइरहेका छन । चोकचोक र मन्दिर परिसरहरु खचाखच भीडले भरीएका छन । बर्तालु महिलाहरुले मन्दिर दर्शनका साथै विहानैदेखि तिजका गितमा झुमिरहेका छन ।

ठाउ ठाउमा ठुला ठुला स्वरमा म्युजिक सिस्टबाट तिजका गितहरु बजाइएका छन । सबै नृत्यमा झुमेका छन, लाग्छ तिजका गितले पुरै हेटौडा झुमिरहेको छ ।
रातै पहिरनमा सजिएका दिदीबहिनीहरु नाचगानका साथ रमाइलो गरिरहेका छन ।

हेटौडाका मुख्यमुख्य चोक प्राय सबै ठाउमा नाचगान चलिरहेको छ साथै आफनो आफनो घरको छतमा समेत पारीवारीक रमाइलो मस्त गरीरहेका धुप्रै दृश्यहरु देखीन्छन ।
यसैबिच हेटौडाको पशुपति मन्दिर परीसरमा तिनवटा कार्यक्रम सगै भइरहेका छन । हेटौडा एफएम,लोकदोहोरी गित प्रतिष्ठान तथा महिला समुहको छुट्टाछुट्टै कार्यक्रम मन्दिर परीसरमा सञ्चाल भइरहेका छन । हजारौ महिला दिदिबहिनीहरुले मन्दिर परीसर पुरा भरीएको छ ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply