Tuesday, January 19, 2021
Home > mophosala > एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जना चिनियां पक्राउ

एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जना चिनियां पक्राउ

काठमाडौं । काठमान्डाैका बिभिन्न बैंकका एटीएमहरु प्रयाेग गर्दै अपराधिक तवरले  रकम निकाल्ने चिनियां नागरीकहरुकाे एक गिरोहलाई काठमान्डाै महानगरिय प्रहरीले पक्राउ गरेको छ ।

मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै चिनियाँ नागरिक हुन् । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई जानकारी दिए ।

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने समूहविरुद्ध काठमाडौं प्रहरी परिसरले विशेष अपरेसन चलाएको थियो । यो समूह पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलता ठानेको छ ।

Leave a Reply