Sunday, January 24, 2021
Home > mophosala > फरेष्ट्रीमा ने बि संघको तिज बिशेष कार्यक्रम सम्पन्न

फरेष्ट्रीमा ने बि संघको तिज बिशेष कार्यक्रम सम्पन्न

भदौ १३ मकवानपुर :-नेपाल बिधार्थी संघ वन संकाय तथा वन बिज्ञान अध्ययन संस्थानको सयुक्त आयोजनामा हरीतालिका तिजको अबसरमा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाल बिधार्थी संघका सदश्यहरुलाइ लक्षित गरी आयोजना गरीएको कार्यक्रममा वन संकाय हेटौडा तथा वन बिज्ञान अध्ययन संस्थान हेटौडा क्याम्पसका बिधार्थीहरुको उपस्थीति रहेको थियो ।

देशका बिभिन्न स्थानबाट वन बिज्ञान अध्ययन गर्न आएका बिधार्थीहरुमा घरको न्यास्रो मेटाउने र संस्कृतिको रक्षा गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरीएको वन संकाय नेपाल बिधार्थी संघका अध्यक्ष मोहन मिश्रले बताए । आफुलेहरुले हरेक बर्ष यस्ता कार्यक्रम गर्दै आएकाले यो नियमित कार्यक्रम नै रहेको भन्दै वन बिज्ञान अध्ययन संस्थान हेटौडा इकाइ नेबि संघ अध्यक्ष ललितजंग खड्काले नेबि संघले नियमितरुपमा बिधार्थीहरुबिच बिभिन्न सृजनशिल कार्यक्रम गर्दै आएको स्मरण गरे ।

कार्यक्रममा उपस्थित रहेका नेपाल बिधार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवाडले तिजको शुभकामना ब्यक्क्त गर्दै धर्म संस्कृतिको रक्षा र बिधार्थीहरु बिच आत्मीयता कायम गर्न यस्ता कार्यक्रम आबश्यक रहेको धारणा राखे ।

कार्यक्रममा दुबै क्याम्पसका प्रमुखहरु लगायत प्रध्यापक,नेबि संघ मकवानपुरको नेताहरुको सहभागिता रहेको थियो भने तिजको दर खुवाउने कार्यक्रम सहीत बिभिन्न नृत्यहरु समेत प्रस्तुत भएका थिए ।

 

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply