Sunday, January 17, 2021
Home > special_four > महिलाहिंसा विरुद्धको आन्दोलनको बाधक महिला नै: सुनिता सुनार

महिलाहिंसा विरुद्धको आन्दोलनको बाधक महिला नै: सुनिता सुनार

काठमाडौँ – नेपाली नागरिकहरू संसारका विभिन्न कुनाकन्दरामा पुगेका छन्। कोही रोजगार त कोही पेशा व्यवसायको क्रममा। पछिल्ला समयमा नेपाल सरकार र नेपाल समुदायका विभिन्न सजिला र असजिला परिस्थितिमा गैर आवासिय नेपाली संघ (एनआरएनए) ले साथ दिदै आएको छ।

पछिल्लो समयमा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीवासीहरूले एनआरएनएको नयाँ नेतृत्व चयन गरिरहेका छन्। यसै क्रममा यूकेमा रहेका नेपाली पनि एनआरएनए (२०१९-०२१) को कार्यकालको लागि नेतृत्व छान्न दौड धुप गरिरहेको देखिन्छ।

यसै सन्दर्भमा स्टाफ नर्स एवं महिला अधिकारकर्मी सुनिता सुनारले बोलेरभन्दा पनि कार्य व्यवहारमा परिर्वतनका लागि महिलाहरूले आफूलाई उभ्याउनु पर्ने धारणा सार्वजनिक गरेकी छ्न। (एनआरएन) यूकेको महिला संयोजमा क्षमता ढकालको उम्मेदारीलाई समर्थन गर्दै आएकी सोनीले आजै एक स्टाटस लेखेर यस्तो प्रतिक्रिया दिएकी हुन्। उनले भनेकी छन्, ‘महिलाहिंसा विरुद्धको आन्दोलनका नाममा निकै धेरै प्रयासहररू भए। तर, महिलाहिंसा रोकिएन बरू समय अनुकुलको बनेर आए कारण महिला आफैँ हुन्।’

उनले अगाडि लेखेकी छन्, ‘परिवर्तनका नाममा देवी र अवतारी बनेर ठूल-ठूला आवाज निकाल्दैमा परिवर्तन हुने होइन। परिवर्तन देख्न र महसुस गर्न महिला सिर्फ महिला भएर उभिन जरुरी छ।’ एनआरएन यु्केका निवर्तमान उपाध्यक्ष शेरबहादुर सुनारले एनआरएनए (२०१९-०२१) को लागि अध्यक्षको उम्दार दिएका छन्। एनआरएनए यूकेको निर्वाचन सेप्टेम्बर १४ मा हुँदैछ।

Leave a Reply