Sunday, January 17, 2021
Home > special_three > कालिकोट जिल्ला अस्पताललाई ५० शैयाको बनाउन माग

कालिकोट जिल्ला अस्पताललाई ५० शैयाको बनाउन माग

काठमाडौँ । कर्णाली अञ्चलको दुर्गम जिल्ला कालिकोटको जिल्ला अस्पताललाई ५० शैयाको बनाउन स्वास्थ्यमन्त्रीसँग कालिकोटबासीले माग गर्ने भएका छन् ।

नेपाल तरुण दलका केन्द्रीय महासचिव एवम् कालिकोट नेपाली काँग्रेसका तर्फबाट २०७० सालको निर्वाचनका सांसद उम्मेदवार भुपेन्द्रजंग शाहीको नेतृत्वमा भोली (सोमबार) कालिकोट जिल्ला अस्पताललाई ५० शैर्याको अस्पताल बनाउन माग गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भेट्न लागेका छन् ।

संविधानको मौलिक हकको रुपमा स्वास्थ्य क्षेत्रलाई राखेको वर्तमान अवस्थामा बाँच्च पाउने अधिकार हाम्रो पनि छ भन्दै कालिकोटबासीहरु स्वास्थ्यमन्त्रीलाई भेट्न लागेका हुन् । दुर्गम जिल्लाको रुपमा रहेको कालिकोटमा राम्रो डाक्टर र राम्रो अस्पताल नहुँदा अकालमा धेरै मानिसले ज्यान गुमाउनुपरेको छ ।

अब सरकारले दुर्गम क्षेत्रको स्वास्थ्य उपचारमा ध्यान नदिए कडा आन्दोलन गर्ने कालिकोटबासीले जनाएका छन् ।

Leave a Reply