Tuesday, January 19, 2021
Home > राजनीति > आर्थिक > सूर्या लाइफ इन्स्योरेन्स सबैभन्दा राम्रो बिमा कम्पनी: किरण गौतम

सूर्या लाइफ इन्स्योरेन्स सबैभन्दा राम्रो बिमा कम्पनी: किरण गौतम

कोहलपुर । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक तथा प्रदेश नम्बर ५, ७ र कर्णाली प्रदेशका प्रमुख किरण गौतमले सूर्या लाइफ इन्स्योरेन्स नै सबैभन्दा राम्रो बिमा कम्पनी भएको बताएका छन्।

सोमबार नेपालगन्जमा आयोजित अभिकर्ता सम्मान तथा तीज विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले, हरेक दिनजसो हामीले जोखिमपूर्ण काम गरिरहेका छौँ। तर हाम्रो जीवनको रक्षा भने कतै पनि छैन। त्यसैले जीवन बिमा गर्नु पर्ने बताए। त्यसमा पनि सूर्या लाइफ इन्स्योरेन्स कम्पनी अरुको तुलनामा एकदमै राम्रो र किस्ता पनि एकदमै कम पर्ने बताए।

कार्यक्रममा बाँके जिल्ला शाखा प्रमुख दीपा बिनाडी जोशीले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी नै बिमा गर्नेहरुको पहिलो रोजाइ भएको बताइन् । उनले, यो कम्पनीको पारदर्शिता र प्रभावका कारण अहिले उत्कृष्ट बन्दै गएको बताइन्।

कार्यक्रममा बाँके जिल्लामा रहेर सबैभन्दा बढी जीवन बिमा संकलन गर्ने अभिकर्ता शोभा बि.सी., हिरा खराल, कपिल न्यौपाने, अमृत आचार्य, कमला गैरे लगायतलाई सम्मान गरिएको छ। कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्समा आवद्ध १०० भन्दा बढी एजेन्सी मेनेजर तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो।

Leave a Reply