Sunday, January 24, 2021
Home > अन्तर्राष्ट्रिय > नेपाल तरुण दल भारत को “तरुण जागरण” अभियान कार्यक्रम सम्पन्न

नेपाल तरुण दल भारत को “तरुण जागरण” अभियान कार्यक्रम सम्पन्न

नेपाल तरुण दल भारतले आयोजना गरेको “तरुण जागरण अभियान एवं साँस्कृतिक कार्यक्रम” भारतको राजधानी दिल्लीमा २५ अगस्त २०१९ आइतबार का दिन भब्यताका साथ सम्पन्न भएको छ । दुई दिन चलेको उक्त कार्यक्रममा पहिलो दिन (२४ अगस्ट) सांगठनिक छ्लफल र दोश्रो दिन (२५ अगस्ट) भव्य कार्यक्रम भएको थियो ।

 

कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल भारत का अध्यक्ष राहुल रेग्मी को अध्यक्षता तथा नेपाल तरुण दल का केन्द्रिय अध्यक्ष जित जंग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन नेपाल तरुण दल, भारत का सचिव नागेन्द्र प्रसाद जोशीले गरेका थिए।

कार्यक्रमको शुरुवात सहिदहरु प्रती माउन धारण, राष्ट्रिय गान हुँदै दिप प्रज्वलन र महामानव वि पि कोईरालाको फोटोमा माल्यार्पण गरि भएको थियो । स्वागत मन्तव्य नेपाल तरुण दल भारत का उपाध्यक्ष नन्दराम खडकाले गरेका थिए र स्वागत नृत्य नेपाल तरुण दल भारत का साँस्कृतिक सचिव करण बुढाको टिमले प्रस्तुत गरेको थियो ।

शनिबार भएको कार्यक्रममा भने नेपाली राजनीतिको बिषयमा बृहत छलफल भएको थियो । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेतले कार्यक्रममा बोल्दै तरुण दल अनुशासनमा कायम रहनु पर्ने र यसले नै नेपाल तरुण दललाई बलियो बनाउने बताउनु भयो । उहाले नेपाल तरुण दल भारत माथि भईरहेको अनावश्यक हस्तक्षेपको पनि बिरोध गर्दै नेपाल तरुण दललाई कमजोर नसम्झिन चेतावनी दिदै देशमा कम्युनिष्ट सरकारको आतंकको बिषयमा पनि अध्यक्ष बस्नेतले खुलासा गरेका छन् ।

कम्युनिष्ट सरकारले भित्रबाट नै देशलाई खोक्लो बनाउदै लगिरहेको र जनताको अधिकार माथि नै धावा बोल्ने काम गरिरहेको, निर्मला हत्या काण्ड देखि मेलम्ची खानेपानी घोटाला र बालुवाटार जग्गा काण्ड सम्मको कम्युनिष्ट सरकारको हर्कत सबैको अगाडी छर्लंग भएको र लोकतन्त्रको रक्षाको लागि नेपाल तरुण दलले सुरुवाती दिन देखि नै आहुति दिदै आईरहेको र अब पनि हर समय आहुति दिन तयार रहने प्रतिबद्धता जाहेर गरेका छन् । उनले नेपाल तरुण दल सबै तह र तप्काबाट एकजुट हुनुपर्ने र पार्टीलाई बलियो बनाउन तर्फ अग्रसर हुनुपर्ने समेत बताएका छन् । बस्नेतले विदेश शाखामा संगठन संचालनमा तरुण दल भारत माथि आईरहने कठिनाईको बारेमा केन्द्रमा पनि सुचित गराई समानताको लागि पहल गर्ने जानकारी दिनु भयो । कार्यक्रममा भाग लिन भारत भित्र का अधिकांश राज्यहरु बाट तरुण दल भारत का नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

बस्नेतले विदेश शाखामा संगठन संचालनमा तरुण दल भारत माथि आईरहने कठिनाईको बारेमा केन्द्रमा पनि सुचित गराई समानताको लागि पहल गर्ने जानकारी दिनु भयो ।

 

 

कार्यक्रममा विशिष्ट अतिथी रुपन्देही का प्रदेश सभा सदस्य उम्मेदवार बिष्णु पोखरेल, तिलोत्मा गा.पा वडा नम्बर ९ का वडाध्यक्ष नारायण न्योपाने, नेपाल दलित संघ बाजुरा का अध्यक्ष भिम नेपाली, ने वि संघ भारत का अध्यक्ष अम्बिका प्रसाद जोशी एवं अतिथीहरुमा ने का बाजुरा दिल्ली सम्पर्क समिती का अध्यक्ष प्रेम कठायत , सुप जनकल्याण समाज का अध्यक्ष बल भण्डारि, तरुण दल का नेता संतोष बस्नेत, नेबि संघ का नेता संतोष केसि, सुदुरप्श्चिमेली नेपाली समाज भारत का प्रतिनिधि भवानी भट्ट, महादेव भट्ट, हर्क रावत लगायात थुप्रै संघ संगठनका प्रतीनिधीहरुको उपस्थिती रहेको जानकारी नेपाल तरुण दल भारत का कोषाध्यक्ष अर्जुन बोगटिले जानकारी दिनु भएको छ ।

 

कार्यक्रममा उपस्थित सबै अतिथीहरुको जोड लोकतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक शक्तिहरुले साम्यवाद का बिरुद्ध एक जुट हुनु पर्छ भन्ने थियो । कार्यक्रममा बाल कलाकारहरुको मिहिन प्रस्तुती सहित पशुपती कला केन्द्रको जोडदार देउडा नृत्यले दर्शकहरुको मन लोभ्याएको थियो ।

अन्तिममा कार्यक्रम का अध्यक्ष रेग्मीले देशमा भईरहेको अन्योलको माहौललाई तरुणहरुले नै सम्य पार्न सक्ने भएकाले सम्पुर्ण तरुण दल का साथीहरुलाई एकजुट भई अगाडि बढन आग्रह गर्दै कार्यक्रमलाई सु-सम्पन्न बनाउन खटनु भएका गोरख बिष्ट, भरत भट्ट, जिवन विसि, एलपि पाण्डे लगायत बैठक र कार्यक्रम का लागि भारत का विभिन्न स्थान हरु बाट दिल्ली पुगेका तरुण हरु कविराज पाण्डे, पुरन खडका, महेन्द्र खडका, श्याम योगि, दिपक ब. शाही, पुर्णकान्त पौडेल, जनक ढकाल, तिर्थराज तिमिल्सिना अन्य सम्पुर्ण तरुण साथीहरु लाई धन्यवाद दिदै उपस्थित सम्पुर्ण अतिथी लगायत दर्शक वर्गहरु प्रती कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।

Leave a Reply