Tuesday, January 19, 2021
Home > मुख्य खबर > अपराध > श्रीमतीको उजुरीमा श्रीमान पक्राउ

श्रीमतीको उजुरीमा श्रीमान पक्राउ

बझाङ । श्रीमतीलाई यातना दिने तर बाहिर परस्त्रीसँग अवैध सम्बन्ध राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चैनपुरमा आफन्तको घरमा डेरा गरी बस्दै आएका हरिस शाहीलाई उनकी श्रीमतीको उजुरीको आधारमा आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।

शाहीले १० बर्षअघि जिल्लाकै जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशबाट पुनी शाहीसँग विवाह गरेका थिए। उनका ४ वर्षीय एक छोरा छन्। श्रीमानको यस्तो व्यवहार चाल पाएपछि त्यस्तो नगर्न भन्दा आफूलाई समेत दिनहुँ यातना र कुटपिट गर्ने गरेको श्रीमती पुनी शाहीले बताईन्।

पुनिले भनिन्, ‘श्रीमान केही दिन हराएपछि पछि कता गएछन् भनेर खोजी गर्दा आफुले शंका गरेको ठाउँमा गएको थाहा पाएपछी प्रहरीलाई खबर गरेकी हुँ।’ प्रहरीले महिलाको कोठामा लुकेको अवस्थामा फेला शाहीलाइ फेला पारेको हो।

प्रकाउ पछि शाहीले भने पैसाको कारोबार भएकाले ती महिलाको घरमा गएको बताएका छन्। लुक्ने र लुकाउने दुवैलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी निरीक्षक ईश्वरी पाण्डेले जानकारी दिए।

Leave a Reply