Wednesday, January 27, 2021
Home > mophosala > ‘नेविसंघको मैदानबाट महिला नेतृत्व’ नामक पुस्तक विमोचन

‘नेविसंघको मैदानबाट महिला नेतृत्व’ नामक पुस्तक विमोचन

काठमाडौँ – नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले नेपाल विद्यार्थी संघको नेतृत्व लिन महिला नेता तयार हुनुपर्ने धारणा राखेकी छन्। मंगलबार राजधानीको भृकुटिमण्डप स्थित सभा गृहमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो घारणा राखेकी हुन्।

नेपाल विद्यार्थी संघीकी निवर्तमान सहमहामन्त्री महेश्वरी कुवरद्वारा लिखित ‘नेविसंघको मैदानबाट महिला नेतृत्व’ नामक पुस्तक विमोचन गर्दै कार्यक्रमकी प्रमुख अथितिसमेत रहेकी डा. राणाले भनिन्, ‘संघको नेतृत्व लिनसक्ने तमाम महिलाहरू हुनुहुन्छ। अब कसैले नेविसंघको नेतृत्व लिने महिला छन् र ? भन्यो भने यो पुस्तक हेनुहोस् भन्न पाइने भयो। यति महत्वपूर्ण पुस्तककी लेखिकालाई बधाई दिन चाहन्छु।’

डा. राणाले मलुकको अवस्था दिन प्रतिदिन कम्जोर बन्दै गएको दाबी गरेकी छन्। सरकारले हरेक क्षेत्रमा अधिनायकवादी प्रवृति देखाएकाले देशको अवस्था कम्जोर बनेको उनको टिप्पणी थियो।

उनले भनिन्, ‘देशको माया कांग्रेसलाई धेरै छ। परिर्वतन र विकासको जननीका रुपमा कांग्रेसले इतिहास रचेको छ। अरु पार्टीकोभन्दा देशको चिन्ता कांग्रेसलाई बढी छ। आज लोकतन्त्र सुरक्षित छैन। मिडिया, स्वतन्त्र अभिव्यक्ति, मानवअधिकार जस्ता कुरामा अंकुश लगाएर सरकार अराजक बन्दैछ। यसरी लोकतन्त्रको रक्षा हुँदैन। हाम्रो पार्टी र भ्रातृ संगठनले लोकतन्त्र रक्षाको लागि आगामी निर्वाचनमा प्राविधिको भरपुर प्रयोग गर्नुपर्छ र जित हासिल गर्नुपर्छ।’

२३औं मगलादेवी स्मृति दिवसका अवसरमा नेता कुवरले प्रकासित गरेको पुस्तकमा नेविसंघको इतिहासमा समावेश महिला नेताहरुको बारेमा छोटकरीमा परिचय उल्लेख गरिएको छ।

तस्वीर- धनराज वास्तविक

Leave a Reply