‘म बोल्न चहान्न’
शब्दको यहाँ मूल्य नै हुन्न → गौरी नेगी
भाव बुझ्ने झन कुरै रहन्न
त्यसैले म बोल्न चहान्न।
मेरो भावमा कोही हाँसेको
मेरो बातले कसैको मन दुखेको
म हेर्न चहान्न
त्यसैले म बोल्न चहान्न।
देखेको छैनौ र बादल गर्जीएको
बर्षीन्छु भनी अचला झुक्याएको
र पो भन्छु
तस्वीर अाफैँ बोल्दैन
मनको रहस्य जिब्रोले खोल्दैन
त्यसैले म बोल्न चहान्न।
अमुल्य शब्द सस्तो दाममा बिक्छन
भावनाहरू बर्खे झरिमा रूझ्छन
मनको चीत्कार मस्तिष्क सुन्दैन
कसैको भावना कसैले बुझ्दैन
त्यसैले म बोल्न चहान्न।
बातबातमै झुक्याएको
शब्दका लहरा पोखी
शब्दकै अपमान भएको
म सुन्न चहान्न
त्यसैले म बोल्न चहान्न।।
‘लेखिका नेगी वन बिज्ञान अध्ययन संस्थान हेटौडामा स्नातक तह अध्ययनरत छीन।’