काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। जयशंकरले बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका हुन्।
बुधबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि यहाँ आएका हुन्। नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो।