काठमाडौँ – लोकप्रिय गायक विमलराज क्षेत्री र गायिका गिता चौहानको स्वरमा ‘राम्री बिछट्टै’ बोलको तीजभाका बजारमा आएको छ। नेपाली हिन्दुनारीहरूको महानचाड हरितालिका तीजको पूर्वसन्ध्यामा गायक क्षेत्रीको शब्द संगीत रहेको उक्त गीत प्रशान्ती डिजिटलले बजारमा ल्याएको हो।
कुमार केसीको निर्देशनमा तयार पारिएको गीतमा ओबि रायमाझी र सुमिना पुरीको अभिनय देख्न सकिन्छ। अजय रेग्मीले गीतका दृश्य क्यामेरामा कैद गरेका हुन् भने विकास ज्ञावलीले भिडियो सम्पादन गरेका छन्।