काठमाडौँ – माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियानका अध्यक्ष भरतबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको म्याद नथप्न सरकारसँग माग गरेका छन्। परियोजनाको स्थापना कालदेखीनै विरोधमा उत्रेका शाहीले भारतीय कम्पनि जि.एम.आरसँगको सम्झौता खारेज गरेर नेपाल सरकारले उक्त परियोजना निमार्णको जिम्मा लिनुपर्ने बताए।
राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा पुष्पालाल मित्रता केन्द्रले आयोजना गरेको ‘माथिल्लो कर्णाली र बुढ्रीगण्डकी परियोजनामा राष्ट्रहितको संरक्षण एक वहस’ विषयक कार्यक्रममा अध्यक्ष शाहीले कानून विपरत जि.एम.आरले दुई पटक म्याद थप गरेको भन्दै आक्रोश व्यक्त गरे।
उनले भने, ‘निक्कै कम्जोर र गरिब कम्पनिलाई माथिल्लो कर्णाली जस्तो परियोजना निमार्णको जिम्मा लगाउने काम भयो। यसमा सरकारको ठूलो गल्ति छ। गैर कानूनी रुपमा उक्त कम्पनिको म्याद थप्ने काम भए। अबका दिनमा पनि आँखा खुल्न सकेनन् भने सरकारले यसका बारेमा उचित निर्णय लिन सकेन भने परिणाम ठिक आउँदैन।’
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनाल प्रमुख अथितिको रुपमा उपस्थित थिए। त्यस्तै नेकपाका स्थायी कमिटी सदस्य भीम रावल, नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी) का नेता सिपि गजुरेल, नेकपाका अध्यक्ष ऋषि कट्टेललगायतको उपस्थिति रहेको थियो।