Tuesday, January 19, 2021
Home > mophosala > हङकङ आन्दोलन अपडेट ; माेति चाम्लिङ

हङकङ आन्दोलन अपडेट ; माेति चाम्लिङ

हङकङ । हङकङका रैथाने युवा बिधार्थी ब्यबसायी सबका सब सडकमा ओर्लिन्छन, प्रहरी र भिजिलान्तेको आक्रमणमा परि रक्तमुछेल शरिर लिएर आकाशै रनघन हुने गरि इन्क्लाबको नारा घन्काउंछन।

आफ्ना परिवारका अभिभावक बा आमाहरुको अनुरोध चाहिँ जुलुसमा नजाउ भन्ने नै छ। उनिहरु चाहन्छन आफ्ना हुर्केका सन्ततिहरु यस्ता रक्तरंजित आमहड्ताल र जुलुसमा सहभागी नभैदिउन र सुरक्षित बसुन।

युवाहरुको दृष्टिकोण बुढ्यौलिले छोपिसकेका आफ्ना अभिभावक बा आमाहरुको भन्दा भिन्न खालको छ। उनिहरु हङकङको स्वतन्त्रतालाई सुरक्षित गर्न चाहन्छन् । भावी पुस्ताको लागि धेरै भन्दा धेरै स्वतन्त्र हङकङ जिम्मा लगाउन चाहन्छन् । आजभोली आन्दोलनकारिहरुले थप झोला भिरेर निस्केको देखिन्छ यहाँ।

टाउको अनुहारलाई प्रहरिको निर्मम कुटाइबाट सुरक्षित राख्न, ज्ञानेन्दृयहरुलाई आँसु ग्यांसको असरवाट हुने चोटपटकबाट बचाउन हेल्मेट, सेफ्टि चस्मा, मास्कको व्यापक प्रयोग गरिरहेको देखिन्छ। झोलामा प्राथमिक उपचारका सामग्रीहरु बोकेका हुन्छन्। यसका लागि स्वास्थ्य क्षेत्रमा कार्यरत विशेष गरि युवाहरुको व्यापक सहभागिता छ।

आन्दोलनमा वकिल, शिक्षक, पाइलट, उडान कर्मचारिहरुको सहभागिता व्यापक बन्दै गैरहेको छ। आन्दोलनकारिहरु अत्यन्त अनुसाशित र संयम छन्। उद्वार र मानविय प्रयोजनमा गुड्ने एम्बुलेन्स र बारुण यन्त्र आएमा सडकभरिका मानव सागर छेउ लाग्छन् । सहज रुपमा बाहनलाई मार्ग प्रशस्त गरिदिन्छन।

हङकङको आन्दोलनलाई बिश्वब्यापी गंभिर र सतर्कताको साथ अवलोकन भैरहेको छ। नियन्त्रणको नाममा मूख्य भूमी चीनले दमनमा उत्रने छांटकांट देखिदैन। यसो गर्नु आखिर मूख्य भूमिको निम्ति बुमर्याङ बन्ने सत्य उसले बुझेको हुनुपर्छ। आन्दोलन मत्थर हुने वा अवतरणसम्म पुग्ने बाटो भनेको अब कार्यकारी प्रमुखको राजिनामा संगै सुपुर्दगी बिधेयकको पूर्ण खारेजी मात्र हो भन्ने सबैलाई यकिन भैसकेको छ।

जतिसुकै कठोर दमनको शैली हङकङ प्रहरी प्रशासनले अख्तियार किन नगरुन किन्तु आन्दोलनकारीहरु एककदम पछि हट्ने संकेत देखिदैन। लाखौं युवा युवति आत्म दाह गर्न तैयार छन परन्तु बिना उपलब्धी र अर्थहिन संवाद आन्दोलन समाप्तिको घोषणा गर्न कोहि तयार छैनन्।

Leave a Reply