हेटौडा। कृषि तथा वन बिज्ञान बिश्वबिधालय अन्तर्गतको वन संकाय हेटौडामा ०७४/०७८ ब्याजले निरञ्जन ढुंगाना स्मुति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
निरञ्जन ढुंगाना स्मुति कप सञ्चालन संयोजक राधेश्याम चौधरी तथा वन संकायका खेल शिक्षक राजेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन गरी फुटबल प्रतियोगिताको जानकारी गराएका हुन।
केटी तथा केटा दुबैको खेल समाबेश गरीने प्रतियोगितामा वन संकाय तथा बन बिज्ञान अध्ययन संस्थान हेटौडाका दुबै क्याम्पसका टिमहरुले प्रतिस्प्रधा गर्ने छन। केटा तर्फ १२ तथा केटी तर्फ ७ टिम गरी जम्मा १९ टिमको सहभागिता रहने प्रतियोगिता साउन १५ देखी २५ गतेसम्म फरेष्ट्री मैदान हेटौडा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको लागी केटा तर्फको म्यान अफ द म्याचको स्पोन्सर सप्तरी निबासी सकलदेव चौधरी तथा केटी तर्फको अफ द म्याचको स्पोन्सर शक्क्ति ग्रुप हेटौडाले गरेको जानकारी सैयोजक चौधरीले बताए।
प्रतियोगितामा केटा तर्फ प्रथम पुरस्कार २०,१०१ साथै द्धितृय पुरस्कार १२,१०१ ,कप,मेडल र प्रमाणपत्र तथा केटीतर्फ प्रथम पुरस्कार १२,१०१ साथै द्धितृय पुरस्कार ८,१०१, कप,मेडल र प्रमाणपत्र रहेको जानकारी आयोजक समितीले गराएको छ। वन संकायमा हरेक बर्ष संकायका पुर्ब सह-प्रध्यापक स्वर्गीय निरञ्जन ढुंगानाको स्मृतिमा यो प्रतियोगीता गरीदै आएको छ।