Monday, January 25, 2021
Home > mophosala > नेपाल तरुणदलका महासचिव भुपेन्द्र जंग शाही राहत बोकि पुगे तराई

नेपाल तरुणदलका महासचिव भुपेन्द्र जंग शाही राहत बोकि पुगे तराई

नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले रौतहटका बाढी पीडितलाई राहत सामग्री बाँडेको छ । राहत सामाग्री बोकेर नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाही लगायतको टोलि बाढी प्रभावित क्षेत्रमा पुगेका हुन ।

शाहिको साथमा तरुणदल रौतहटका नेताकार्यकर्का तथा नेपाली काङ्ग्रेस कालिकोटका युवा नेता पुर्ब जिल्ला सदस्य मनराज शाही लगायत ने बि संघ कालिकोटका कार्यबाहक अध्यक्ष जगत जंग बिष्ट राहत कार्यक्रममा महासचिव शाहीकै साथमा छन।

रौतहट परोहा नगरपालिकाका बाढी पीडितलाई सोमबार खाद्यान्न, त्रिपाल, झुललगायत सामग्री वितरण गरेको तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिए।

दस लाख रुपैयाँ बराबरको राहत सामग्री बाँडेको तरुण दलले जनाएको छ। तरुण दलले महोत्तरी, धनुषा र सप्तरीमा पनि राहत बाँड्ने बताएको छ।

बाढिपिडित परिबारहरुको दुखमा सानो भयपनि साथ र सहयोग पुगोस भनेर मानवीयता र सामाजिक उत्तरदायित्व अन्तर्गत आज रौतहट परोहा नगरपालिकामा राहत बितरण  गरेको  ।

राहत सामग्री स्वरुप चामल, आटा, चिउरा, भुजिया, त्रिपाल, झुल, बाल्टिन समेत गरि झन्डै १० लाख बराबरको राहत बितरण गरियो। आज दिन भर रौतहट देखि महोत्तरी, धनुसा हुँदै सप्तरी सम्म बाढिपिडित हरुको दुखमा साथ दिदै राहत बितरणमा सक्रिय हुने छन।

 

Leave a Reply