Monday, January 18, 2021
Home > mophosala > एफयुलाइ अन्तरीम आदेश:-“निर्माण कार्य रोक्नु”, वन संकायका डिन भन्छन,”बिधार्थी र शैक्षिक गुणस्तरको पक्षमा न्याय हुन्छ”

एफयुलाइ अन्तरीम आदेश:-“निर्माण कार्य रोक्नु”, वन संकायका डिन भन्छन,”बिधार्थी र शैक्षिक गुणस्तरको पक्षमा न्याय हुन्छ”

हेटौँडा-३ साउन ।
कृषि तथा वन विश्वविद्यालय अन्तरगत वन संकायको निर्मानाधिन भवनको काम अघि नबढाउन उच्च अदालत पाटन, हेटौँडा इजलासले अन्तरिम आदेश दिएको छ । इजलासका न्यायाधिश चण्डीराज ढकालको एकल इजलासले शुक्रबार कुनै संरचना निर्माण गर्ने जस्ता काम नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश दिएको हो ।
अदालतमा वन विज्ञान अध्ययन संस्थानको तर्फबाट क्याम्पस प्रमुख विजयकुमार यादवले रिट दायर गरेका थिए । अधिवक्ता मोहनप्रसाद भट्टराई र मोहनप्रसाद ढकालले त्रिवि वन विज्ञान अध्ययन संस्थानको तर्फबाट बहस गरेको मुद्धामा अत्रीम आदेश दिदै उच्च अदालत पाटन, हेटौँडा इजलासले विवादित जग्गाको रुख काट्ने काम समेत नगर्न भनिएको छ । अदालतले दुबै पक्षलाई छलफलका लागि साउन ८ गते अदालत उपस्थित हुन भनिएको छ ।

भवन निर्माण काम त अदालतले रोक्यो नि अब के हुन्छ ? भन्ने पलपल खबरको प्रश्नमा वन संकायका डिन डा.बलराम भट्टले आफुले अन्तरीम आदेश बारे थाहा नपाएको बताए । यदि अन्तरीम आदेश आएको छ भने आफुहरु कानुन बमोजिम अघि बढ्ने भन्दै आफुहरुले फरेष्ट्रीकै इतिहासमा धेरै लामो समयपछि सुबिधा सम्पन्न भवन निर्माण गर्न लागेको र यसमा बिधार्थीको भबिश्य र शैक्षिक गुणस्तरको सवाल जोडिएकाले अदालतले न्याय दिने छ भन्नेमा आफु दृढ रहेको बताए । आफुहरुलाइ पटकपटक कानुनि तवरले अन्य प्रकारले झमेलामा फसाइरहने क्रम बिगत देखी नै चल्दै आएकोले यसपटक समस्याको समधान निस्कने डिन भट्टले दाबि गरे ।

क्याम्पस प्रमुख विजयकुमार यादवले दायर गरेको मुद्धामा कृषि तथा वन विज्ञानविश्वविद्यालय केन्द्रीय कार्यालय चितवन, सो विश्वविद्यालय अन्तरगत वनविज्ञान संकाय हेटौँडा, संकायका डिन डा। बलराम भट्ट, ३ नम्बर प्रदेश मूख्यमन्त्री कार्यालय हेटौँडा, ३ नम्बर प्रदेशका मूख्यमन्त्री, डिभिजन वन कार्यालय मकवानपुर, मकवानपुरका जिल्ला वन अधिकृत, जिल्ला प्रशासन कार्यालय मकवानपुर, प्रमुख जिल्ला अधिकारी, ठेकेदार बानियाँ आरवि जेभिलाई विपक्षि बनाईएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयल वन संकाय हेटौँडाको भवन निर्माणको काम मुख्यमन्त्रीले शिलान्यास गरेसगै अघि बढेको थियो भने वन विज्ञान अध्ययन संस्थान हेटौँडाले विरोध जनाउँदै आएको थियो ।

 

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply