Monday, January 18, 2021
Home > mophosala > देउवाकै अगाडि पाण्डेले भनिन्, तपाई फेरी सरकार बनाउन तर्फ लागे कांग्रेस सक्छ

देउवाकै अगाडि पाण्डेले भनिन्, तपाई फेरी सरकार बनाउन तर्फ लागे कांग्रेस सक्छ

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ लक्ष्मी पाण्डेले मुलुकको हितका लागि कांग्रेसको सरकार आवश्यक भएको बताएकी छन् । उनले देशको राजनीतिलाई सहि मार्ग प्रशस्त गर्नका लागिपनि मुलुकमा अवको नेतृत्वको कांग्रेसले गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष समेत रहेका पाण्डेले राजधानीमा आयोजित एक कार्यक्रममा संवोधन गर्दै देश विकासका लागि मार्ग प्रशस्त गर्न मुलुकमा कांग्रेसको विकल्प नरहेको जिकिर गरिन् । उनले सम्वृद्धिको नाउमा अपवाह फैलाएर कम्युनिष्टहरुले जनतालाई झुक्याएर सरकारमा आए तर आज जनतालाई दुःख दिने काम भइरहेको दावी गरिन् ।

कांग्रेस केन्द्रीय नेताहरुको अगाडि नै उनले भोलीका जनताको भविष्यसंग जोडिएको पार्टी नै नेपाली कांग्रेस भएकाले एक भएर संगठन निर्माण तर्फ अघि बढ्न आग्रह गरिन् ।

Leave a Reply