Monday, January 25, 2021
Home > mophosala > भातृसंस्था सचेत रहनु पर्छ ; यदुराम सापकोटा “जापान”

भातृसंस्था सचेत रहनु पर्छ ; यदुराम सापकोटा “जापान”

गुठी सम्बन्धी बिधेययकको ब्यापक जनबिरोध छ,यस बिधेययक को बिरोध गर्दा पार्टीको जनमत पनि बड़्छ,यस बिधेययकको बिरोध पार्टीले संसदमा पनि गरिरहेको ले पार्टीका नेता कार्यकर्ता भातृसंस्था लगायतले यस बिधेययकको बिरुध्द बोल्दा पार्टीको लागि फाईदै हुन्छ।

तर लोकसेवा आयोगले निकालेको बिज्ञापन प्रती जनताको ब्यापक समर्थन छ त्यसैले लोकसेवाको बिज्ञापन बिरुध्द हतारमा बोल्नु र टालो समातेर सडकमा आईहाल्नु आवाश्यक छैन।

हो कांग्रेसले समाबेशिता लाई स्विकारेको छ,तर यतीबेला लोकसेवाको बिज्ञापन प्रती जनमत कता छ भनेर पक्षमा बोल्दा बिपक्षमा बोल्दा या मौन बस्दा के गर्दा पार्टीको जनमत बढ्छ त्यतातिर पार्टीका नेता कार्यकर्ता र भातृसंस्थाले सोच्नुपर्दछ।

यस बिषयमा नेकपा भित्रै २ पक्ष भएको छ,मधेसबादी दल आफ्नै अडानमा छन,कांग्रेसका सांसद पनि राज्य ब्यबस्था समितीमा आफ्नो तरिकाबाट पक्ष या बिपक्ष मै छन,पार्टीले कुनै पनि निर्णय गरिसकेको छैन,यस्तो बेला कांग्रेस मौन बसेर नेकपा पक्ष बिपक्ष भएकोमा ताली बजाउनु पर्छ तर यहाँ कार्यसमिती नै हुदै नभएको नेबिसँघ को नाममा पुर्व र निवर्तमान हरुले टालो समातेर सडकमा आएको मिडीयाबाजी गर्न खोजेको देखीयो ।

यो पार्टीको लागि त्यती राम्रो संकेत हैन,तदर्थ समितीमा टिको लगाएर आउने दाउमा ,पार्टीलाई यस्ता कदमबाट फाईदा बेफाईदा के हुन्छ नसोची नेबिसँघको नाममा सडक ओर्लनु र नेबिसँघकै नाममा मिडीयामा आउनु एकदमै गलत छ,ब्यक्तीगत रुपमा आफ्नो धारणा राख्नु स्वतन्त्रता हो तर नेबिसँघ को आधिकारीक समिती पनि नभएको अवस्था र पार्टीले पनि कुनै निर्णय नलिएको अवस्था मा अग्रज भनिएका,पार्टीमा सँघर्ष र योगदान छ भनिएका,भोलीका दिनमा पार्टीका भातृसंस्था हाक्न तम्सिएका ,भावी पार्टी नेत्रित्वको दाबेदार देखिएका दाईहरुको यस्ता कदम कच्चा देखिए ।

पार्टीको जनमत के हुन्छ पार्टीलाई फाईदा बेफाईदा के गर्दा हुन्छ भनेर सोचिदीए हुने हो!नेबिसँघ भनेर चहल पहल देखाएसी तदर्थ समितीमा टिका लगाउन पाईन्छ कि भन्ने लागेर होला तर यस्ता कदमले पार्टीलाई घाटा पनि हुन सक्छ हिचार गरियोस ,जय नेपाल!

Leave a Reply