Monday, January 25, 2021
Home > mophosala > कोलाहलभित्रबाट अनुरोध ; मोति चाम्लिङ

कोलाहलभित्रबाट अनुरोध ; मोति चाम्लिङ

महाभारत एक सत्य युद्द कथा हो, जसको शीलशीला हाम्रो समुदाय र समाजदेखि राष्ट्र अन्तराष्ट्रसम्म अनवरत चलिरहने छ। महाभारतको द्वन्द्वबारे श्रद्देय माननीय प्रदिप गिरिले आफ्नो तवरले उजागर गर्नु भएको एउटा अडियो भोडियो क्लिप नियालेको थिंए।

उहाको अनुमान र बयान पनि एकांकी हो। त्यसभित्र धेरै छुटेकै छन्। यसबारे कुनै समय संयोग र अहोभाग्य मिलेमा उहांसंग एउटै टेबलमा बसेर आफ्नो बिचार र तर्क पेश गर्न म कुनै हालतमा पछि हट्ने छैन।

आज नेपाली राजनिती परिदृश्यको हकिकतमा महाभारत कथाको ब्यबहारिक पुनर्दोय हुन गैरहेको छ। जसका पात्र खलपात्रहरुले एउटा हृदयबिदारक बिछोडमा अलप हुनु पर्नेछ। ती पात्रहरुलाई तपाईं हामी सहज रुपमा चिन्न सक्छौं, नाम बताइरहन, यहाँ लेखिरहन जरुरत नै किन पर्यो? हस्तिनापुरको रक्षक बन्छु भनी इच्छा मृत्यु धारण गरेका प्रतीज्ञाका धरोहर देवब्रतलाई मार्ने कुरुबंशी आफ्नै रगत अर्जुन थिए।

राजनिती बिग्रेपछी बिग्रहको बिष्फोटले लपेट्दा आफ्ना बिराना चिन्दैन। तसर्थ मेरो एउटै प्रार्थना छ प्रचण्ड महासयलाई कि परिस्थिती सहज छैन र कमसेकम सम्हालिनुस, सम्हाल्नुस तर यस किसिमको लथालिङ चालाले कदाचित होइन।

प्रकृतिको लय बुझ्नुहोस, जनभावनाको गंभिर अध्ययन गर्नुहोस। राजनेता गिरिजा प्रसाद कोइराला पछिको नेपाली राजनितिमा शीर्ष पुरुष केवल प्रचण्ड णै हुन्। उनले चाहे यो सत्ता पनि ढल्छ, मिलाउन चाहेका सबैले उनैले मिलाउछन। सत्ता र राजनितिको कडि, निकाशाको सांचो उनैको हातमा छ।

केपि र देउवा पनि केही होइनन भन्ने होइन, केही मात्र होइन आधा पाटो हुन् परन्तु बर्तमान केवल प्रचण्डसंग छ केवल प्रचण्ड । सत्बुद्दीले कार्य गरे नेपालको राजनितिमा एक अमर नाम राख्ने अवसर कसैलाई छ भने केवल उनै प्रचण्डसंग छ। त्यसैले म भन्छु, डुब्दो सुर्यको किरणले अँध्यारो हुनु भन्दा पहिल्यै एउटा निर्दिष्ट मार्ग निर्देशित गरेर मात्र जाउ। यहाँ के भरोसा जिवनको। जहिल्यै अस्त हुन सक्छ। जय नेपाल।

मोति चाम्लिङ वि पि अध्ययन प्रतिष्ठान हङकङका अध्यक्ष हुन।

Leave a Reply