Sunday, January 24, 2021
Home > mophosala > लोकसेवा आयोगको हेटौंडा कार्यालय बाहीर लागे सरकारविरुद्ध चर्का नारा

लोकसेवा आयोगको हेटौंडा कार्यालय बाहीर लागे सरकारविरुद्ध चर्का नारा

मकवानपुर – लोक सेवा आयाेगले आह्वान गरेको कर्मचारी भर्ना विज्ञापन समानुपातिक नभएको भन्दै विद्यार्थीहरुले आयोगको हेटाैँडामा रहेको कार्यालय घेराउ गरेका छन् ।

संविधान विपरीत आह्वान गरिएको विज्ञापन रद्ध गरी समानुपातिक पद्धति अनुरुप विज्ञापन आह्वान गर्न माग गर्दै विद्यार्थीहरुले आयोगकको हेटौँडामा रहेको कार्यालय घेराउ गरेका हुन् ।

आयोगले आह्वान गरेको विज्ञापनमा समावेशी, दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै हेटौँडामा बसेर लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरुले आयोगको कार्यालय घेराउ गरेका हुन् ।

विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर आयोगको कार्यालय घेराउ गरेको संघर्ष समितिका बालकुमार यादवले बताउनुभयो । आयाेगककाे कार्यालय घेराउ गर्दै विद्यार्थीहरुले सरकारविरुद्द चर्का नारा लगाएका थिए ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply