Sunday, January 24, 2021
Home > mophosala > गणतन्त्र दिवसमा कांग्रेसको प्रभातफेरी

गणतन्त्र दिवसमा कांग्रेसको प्रभातफेरी

काठमाडौँ। गणतन्त्र दिबसको अबसर पारेर नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज बिहान राजधानीमा प्रभातफेरी कार्यक्रम गरिएको छ।

शान्ति बाटिकाबाट शुरु भएको प्रभातफेरी, जमल, असन, इन्द्रचोक, नयाँ सडक हुँदै रत्नपार्कमा आएर सम्पन्न भएको थियो। त्यस अबसरमा प्रतिष्ठानका प्रमुखसमेत रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको अगुवाईमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने दायित्व पनि कांग्रेसकै भएको बताए।

सत्ताधारी दलका नेताहरुले संघीयता, गणतन्त्र र समाबेशीमा बिश्वास नगर्ने भएकोले प्रतिपक्षमा भए पनि प्राप्त यस्ता उपलब्धीलाई संस्थागत गर्ने मूल दायित्व कांग्रेसको भएको उनको भनाई थियो।

जतिसुकै प्रतिकुल परिस्थितिमा पनि हिजोका दिनमा कांग्रेसले देश र जनताका पक्षमा काम गरेको स्मरण गराउँदै उपसभापति निधिले आजको ऐतिहासिक दिनमा हामीले पुनः त्यो जिम्मेवारी पूरा गर्ने प्रण गर्नुपर्नेमा जोड दिए।

Leave a Reply