Tuesday, January 26, 2021
Home > special_four > गोलन्जोर काङ्ग्रेसमा गुटबन्दी नगरौँ- अन्जनी कोइराला

गोलन्जोर काङ्ग्रेसमा गुटबन्दी नगरौँ- अन्जनी कोइराला

नेपाली काङ्ग्रेस गोलन्जोर-काठमाडौं सम्पर्क समितिका संयोजक प्रदिपकुमार श्रेष्ठको संयोजकत्व र नेपाली काङ्ग्रेस सिन्धुली-काठमाडौं सम्पर्क समितिका सचीव अन्जनी कोइरालाको रोहवरमा काठमाडौं गौशालामा अवस्थित होटल श्रीखण्डमा बसेको भेलाले कार्यसमिति बिस्तार गरेको छ ।

जसअनुसार संयोजक- प्रदीपकुमार श्रेष्ठ, सह-संयोजक- शेखर बुढाथोकी, सचिव-सुजन बराल, सहसचिव-दिनेश घिमिरे, कोसाध्यक्ष-सुशील कोइराला, सदस्यहरुमा- दिनेश पोखरेल, शर्मिला बस्नेत, जगदीश कोइराला, बासुदेब बख्रेल लगायत रहेका छन् ।

सोही अवसरमा सम्पर्क समितिका सचीव अन्जनी कोइरालाले सबैलाई मिलाएर लैजानुपर्ने र गोलन्जोर काङ्ग्रेसमा कुनै गुटबन्दी नभएकोले त्यसैलाई कायम गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । संयोजक श्रेष्ठले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply