Sunday, January 24, 2021
Home > mophosala > कांग्रेस नेतृ पाण्डे जनता जगाउन पुगिन् गाउँगाउँमा

कांग्रेस नेतृ पाण्डे जनता जगाउन पुगिन् गाउँगाउँमा

पोखरा । नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष एवं प्रभावशाली नेतृ लक्ष्मी पाण्डेले युवादेखि बृद्धा सम्मलाई एकिकृत गर्नका लागि कांग्रेसले जागरण अभियान लिएर गाउँगाउँ पुगेको बताएकी छन् ।

कास्की जिल्लाको माछापुछ्रे गाउँपालीका घाचोकमा कार्यकर्तासँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । घाचोक वडा नं. ३ मा जागरण अभियानको शिलशिलामा पुग्ने क्रममा उनलाई त्यहाँका पार्टी सभापति कृष्ण प्रसाद श्रेष्ठ लगाएत स्थानीय बृद्धादेखि युवासम्मका कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

उनले राती अवेरसम्म कार्यकर्तासँग भलाकुसारी गरेकी थिइन् । गत निर्वाचनमा निर्वाचनमा कांग्रेस पराजित भएसंगै नेताहरु गाउँपसेपछि स्थानीय नेता तथा कार्यकर्ताहरुमा जोसजांगरका साथ थप उर्जा जागेको देखिन्छ ।

कांग्रेसले त्यस क्षेत्रमा जागरण अभियानको संयोजक तोकेका पाण्डेका अनुसार जेष्ठ १९ गते केन्द्रीय प्रतिनिधि अर्जुन जोशीको प्रमुख आतिथ्यतामा आमसभा गर्ने जानकारी दिइन् ।

Leave a Reply