Friday, January 15, 2021
Home > mophosala > एनआरएनए अमेरीकाको उपाध्यक्षमा सुवेदी बिजयी

एनआरएनए अमेरीकाको उपाध्यक्षमा सुवेदी बिजयी

काठ्माण्डौ जेठ ९ ।
गैर आवासिय नेपाली संस्था एनआरएनए अमेरिकाको मिड वएस्ट रिजनको उपाध्यक्षमा चितवनका बुद्धीसागर सुवेदी बिजयी भएका छन् । अमेरीकामा बसोबास गर्दै आएका नेपालीहरुको संस्था एनआरएनएको हालै भएको निर्बाचनमा उपाध्यक्षमा कांग्रेस निकट समाजसेवी तथा व्यवसायी सुवेदी बिजयी भएका हुन् ।

अमेरीकामा बसोकास गर्दै आएका नेपालीहरुको हक हितका लागि लड्ने संस्था एनआरएनएको नेतृत्वलाई अमेरीकामा निकै महत्वका साथ लिईने गरिएको छ । झण्डै १५ बर्षदेखी अमेरीकाको मिड वस्ट रिजनमा बसोकास गर्दै आएका सुवेदी सफल युवा व्यवसायी हुन् ।

उनी गैर आवासिय नेपाली संस्था एनआरएनए अमेरिकाको मिड वएस्ट रिजनको उपाध्यक्षमा करीव ३ हजार ७ सय मत प्राप्त गरी बिजयी भएका हुन् । उनले २०७२ सालको बैशाख १२ गतेको महाँभुकम्पको वेला ठुलो सहयोग गरेका थिए ।

नव निर्बाचित उपाध्यक्ष सुवेदीले अमेरीकामा बसोबास गर्दै आएका नेपालीहरुको हरेक सुख दुखमा साथ दिने प्रतिद्धता जनाएका छन् । उनले भने, अब हाम्रो मिसन भनेको अमेरीकामा बसोबास गर्ने नेपालीहरुको सुख दुखमा साथ दिनु हो ।

मलाई यहाँ बसोबास गर्ने नेपालीहरुले दिएको माया, ममता, सदुभाव र मतको उच्च सम्मान गर्न चाहान्छु । उनले गैर आवासिय नेपाली संस्था एनआरएनएले युवा र बिद्यार्थीहरुलाई लक्षित गरी बिभिन्न कार्यक्रमहरु गर्ने बताएका छन् ।

उनका अनुसार बिद्यार्थीलाई उचित छात्रबृति, युवाहरुलाई उद्यमी बनाउने अभियान थाल्छौ । अमेरीकामा बसोबास गर्दै आएको नेपालीहरुको एकता र सहकार्यमा नेपालमा पनि केही सामाजिक कामहरु गर्ने र्छौ ।

उनले गैर आवासिय नेपाली संस्था एनआरएनएको पहिचान नै सामाजिक सेवाको अगुवाई गर्ने संस्थाका रुपमा बदल्ने उद्घोष गरेका छन् ।

Leave a Reply