Sunday, January 24, 2021
Home > mophosala > आफ्नो भनाईबाट टसमस नहुने ओलीबाट जनताले के अपेक्षा गर्ने ?

आफ्नो भनाईबाट टसमस नहुने ओलीबाट जनताले के अपेक्षा गर्ने ?

नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीको उदयसंगै मुलुकले केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा पाए । गएको निर्वाचनमा यति लोकप्रीय सस्तो नाराहरु धन्कीय जुन सुन्दा पनि मनै आनन्दीत हुने ।

ओलीलाई प्रधानमन्त्रीको रुपमा पाउँदा जनता अव पक्कैपनि सुखका सास फेर्न पाउँने भए, मुलुकले काँचुली फेर्ने भए भन्दै ढुक्क थिए । तर आज भोली विस्तारै ओली प्रति जनताले गरेको ति आसाहरुप्रति तुसरापात हुँदै गएको देखिन्छ ।

मुलुकको राजनीति यति कल्पनानै गर्न नसक्ने भताभुङ्ग अवस्था छ की दुई तिहाईको मात लागेको कम्युनिष्टहरु नियन्त्रण भन्दा बाहिर गइसकेको छ । ओलीको सुन्दा मिठो लाग्ने तर कल्पना गर्दा पुरा हुनै नसक्ने ति कुराहरु अव त यो पुस्तालाई तितो लाग्न थालिसके की, मुलुकको प्रधानमन्त्री छन् ।

सरकार काण्डा नै काण्डामा मुछिरहेको बेला बालुवाटारको सरकारी जग्गा ललिता निवास खरिद प्रकरण महासचिव मुछिएपछि नेकपा पार्टी भित्र ठुलै खैलाबैला मच्चियो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले हाम्रो महासचिवलाई कसैले नियत पूर्वक फसाइयो भने । प्रवक्ताको यहि भाषाले बुझ्न सकिन्छ की दुई तिहाइको मात यीनीहरुलाई राम्रैसंग लाग्यो ।

मुलुकको राष्ट्रपतिले सरकारको नीति तथा योजना कार्यक्रम प्रस्तुत गर्दैगर्दा नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेर खुलेमखुला रुपमा राजा महाराजाको झल्को दिए । त्यसको सर्वत्र विरोध भएपछि २४ घण्टा नवित्दै प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरि त्यसको ब्रिफिङ्ग गरे ।

आफ्नो अडानबाट टहसमहस नहुने प्रम ओलीले पत्रकारलाई त पढाउन भ्याएभ्याए, विपक्षीलाई गाली गर्न समेत पछि परेनन् । उल्टै अन्तराष्ट्रिय सिस्टम भनेर राष्ट्रपतिले ‘मेरो सरकार’ नभनेर के निवन्ध पढ्ने भन्दै प्रश्न गरे ।

गल्तीलाई आत्मालोना गर्न त परै जाओस, सच्याउँछौँ भन्न त परै जाओस उल्टै आफ्नो दम्भ देखाउँदै जानुमा मुलुकमा अधिनायकवाद हावी हुँदैछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । पूर्व राष्ट्रपति डा. रामवरण यादव र गत वर्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विद्या भण्डारीले पनि नेपाल सरकार भनेर संसदमा संवोधन गरे । यस पटक महारानीको झल्को दिने गरि ‘मेरो सरकार’ भनेर संसदमा संवोधन गरे ।

कांग्रेसले सहयोग गरेर जिताएका पार्टी नयाँ शक्तिपनि सोमबार तामझामका साथ फोरमसँग एकिकृत हुँदैछ । सत्ताधारी दल सङ्गको एकीकरण प्रक्रियाले पनि नेपाली राजनीतिमा प्रयोग हुने चक्रव्यूले जहिले पनि जनतालाई निराष तुल्याएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नू भएझैं “नेपाली राजनीति ठिक हुन सर्वप्रथम नेपाली काँग्रेसपार्टी ठिक हुन जरुरी छ । किनभने नेपाली काँग्रेस नेपालको लोकतान्त्रीकरण र आधुनिकीकरणको मुल प्रवाह हो ।“ मुलुकको पुरानो पार्टी यतिखेर प्रतिपक्षको भुमिकामा छ । नेपाली जनताको मागको सुनुवाई मुलुकमा कांग्रेस बाहेक अन्य दलबाट असम्भव जस्तै हालको नेपाली राजनीतिले चरितार्थ गरिसकेको छ ।
त्यसैले अव कांग्रेस गुटउपगुटमा विभाजित भएर होइन की एक भएर उभिने बेला आएको छ । यो हाम्रो लागि चुनौती र अवसर दुबै हो । जय नेपाल ।

Leave a Reply