Sunday, January 17, 2021
Home > mophosala > कांग्रेसका युवा नेताहरुको दावी: ‘ओली र प्रचण्डकै पालामा नेपालबाट कम्युनिष्ट समाप्त हुन्छ’

कांग्रेसका युवा नेताहरुको दावी: ‘ओली र प्रचण्डकै पालामा नेपालबाट कम्युनिष्ट समाप्त हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्थानिय निकायसम्म पार्टी संगठनलाई मजवुत बनाई चलायमान बनाउँनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कपिलबस्तु क्षेत्र नं. १ ले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संवोधन गर्दै घिमिरेले यस्तो बताएका हुन् ।
‘मुलुकमा कम्युनिष्टहरु मौलाईरहेको बेला यसलाई निस्तेज पार्नका लागि पनि एक चोटी फेरी कांग्रेस जाग्नुपर्ने बेला आयो’, उनले भने ।
घिमिरेले विश्वबाट नै पतनहुँदै गएको कम्युनिष्टहरु नेपालमा मौलाउँदै जानु नेपालीहरुको लागि नै घातक हुने बताए ।

यता तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले दुई तिहाई कम्युनिष्टको पतन केपी ओली र पुष्पकमल दाहालकै पालामा हुने दावी गरेका छन् । ‘नेपालका कम्युनिष्टलाई मानसिक रोग लागिसकेको छ, जे पायो त्यही बोलेर हिडिराछ, यीनीहरु नेपालबाट छिट््टै समाप्त हुने शंकेत हो यो’, उनले भने ।

त्यसैगरी नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं तरुणदलका महासचिव भुपेन्द्रजंग शाहीले बैशाख २५ देखि सूरुहुने कांग्रेसको जागरण अभियानमा कांग्रेसले कम्युनिष्ट सरकारको बर्तमान रवैयाको भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

उनले ज्ञानेन्द्र शाहको जस्तो तानाशाह पथमा प्रधानमन्त्री ओली अघि बढिरहेको औलाउँदै उनले तत्काल नसच्चिय सरकारको विरुद्धमा तरुण दल सडकमा जाने जिकिर गरे ।

Leave a Reply