Tuesday, January 19, 2021
Home > mophosala > जिउँदै आगो लगाइएकी कञ्चनको मृत्यु

जिउँदै आगो लगाइएकी कञ्चनको मृत्यु

सिरहा : सिरहामा जिउँदै आगो लगाएर जलाइएकी २१ वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ।

कल्याणपुर नगरपालिका–८ स्थित घरमा कन्चनलाई श्रीमान र सासुले मट्टीतेल खन्याएर आगो लगाएपछि गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको हो।

सिराह प्रहरीका अनुसार कन्चनको शरीर ५० प्रतिशत जलेको थियो। उनी जीवन र मरणसँग करिब १२ घण्टा लडिरहिन्। शुक्रबार साँझ पाँच बजे उनको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो।

बिहीबार जलिरहेको अवस्था आगो निभाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी टोलीले घाइते मण्डललाई एम्बुलेन्समा राखे मिर्चैया पुर्‍याएका थिए। त्यहाँ उपचार क्रममा उनले आफ्नो सासु सुरजीदेवी मण्डल, पति बेचु मण्डल र पतिकी बहिनी मिलेर जलाउन खोजेको बताएकी थिइन्।

मिर्चैयामा उनको उपचार सम्भव नहुँदा धरान लगिएको थियो। धरान पनि सम्भव नहुँदा उनलाई काठमाडौं पुर्‍याइएको थियो।

प्रहरीले घटनालगत्तै अनुसन्धानका लागि सासु सुरजीलाई इलाका प्रहरी कार्यालय मिर्चैया ल्याउँदा उनी बिरामी भएको बहाना बनाएका थिए। प्रहरीले घटनामाथि अनुसन्धान भइरहेको बताएको छ।

कन्चनको घटनाबारे स्थानीयले आत्महत्याको प्रयास रहेको दाबी गरिरहेका छन्। अन्नपूर्णपोस्ट्सँग गाउँलेहरुले भने,‘कन्चनको पति बेचु रोजगारीको क्रममा ६ महिना पहिलेदेखि नै भारतीय शहर अहमदाबाद गएको छ। घटनाहुँदा सासु पनि घर बाहिर थिइन्।’

अर्नमा गाउँपालिका माइत भएकी कन्चनको १४ वर्षकै उमेरमा बिहे भएको थियो। उनको डेढ वर्षीया छोरी राधा मण्डल गाउँलेको संरक्षणामा छिन्।

स्थानीय स्रोतका अनुसार कन्चनसँग सासु र पतिको  पटक पटक झगडा हुने गथ्र्यो। केहीदिन पहिले उनी माइत गएकी थिइन्। माइतबाट फर्केको दुई दिनमै यो घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहा तथ्याकं अनुसार चालु आर्थिक वर्षमा सिरहामा ३ सय ४४ वटा महिला हिंसा र ३ सय ९८ वटा घरेलु हिंसा भएका छन्। अन्नपूर्ण

Leave a Reply