Tuesday, January 19, 2021
Home > mophosala > देउवाले बेल्जियमको निर्वाचित जनसम्पर्क समिति विघटन गरेपछि शशाँकले लिए एक्सन

देउवाले बेल्जियमको निर्वाचित जनसम्पर्क समिति विघटन गरेपछि शशाँकले लिए एक्सन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्जियमस्थित पार्टीको जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति विघटन गरेपछि महामन्त्री डा शशाँक कोइराला कडा रुपमा प्रस्तुत भएका छन् । उनले सभापति देउवाको निर्देशनमा बेल्जियमस्थित पार्टीको जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति विघटन गरेर तदर्थ समिति बनाइएको भोलिपल्टै महामन्त्री कोइरालाले उक्त कार्य विधान विपरित रहेको भन्दै पार्टीको लेटरप्याडमा निर्वाचित कार्यसमितिलाई यथावत काम गर्न निर्देशन दिएका हुन् ।

अधिवेशन गराउनका लागि सभापति देउवाले खटाएका प्रतिनीधि आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले तर्दथ समिति गठन गरेपछि महामन्त्री कोइरालाले कडा कदम चालेका हुन् । विधान र जिम्मेवारी भुलेर प्रतिनिधि पौडेलले नयाँ तर्दथ समिति बनाएपछि वेल्जियममा झन बिवाद बढेको छ ।

महामन्त्री कोइरालाले यसअघिका सभापति सीता सापकोटाको नाम पठाएको पत्रमा त्यहाको तोकिएको अधिवेशन स्थगित गर्न र थप संगठनिक अवस्था बुझि आन्तरिक असमझदारीको अन्त्य गरी अधिवेशनको वातावरण बनाउन निर्देशन दिएका छन् । आमन्त्रित केन्द्रीय सदस्य पौडेलले गरेको निर्णयलाई सदर गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले समेत वेल्जियमको नयाँ तदर्श समितिलाई पत्रचार गरेका थिए । तर महामन्त्रीले मुख्य सचिवले २०७६ बैशाख १० च. न. २३२ को मा पठाएको पत्र बिधानको धारा २७१ को प्रतिकूल रहेको जनाएर उनको पत्र समेत खारेज गरिदिएका छन् ।

महामन्त्रीको पत्र

Leave a Reply