Monday, January 18, 2021
Home > mophosala > No Tax No Ncell अभियान प्रति ने.बि.संघ मकवानपुुरको कटाक्ष,:-आफै धामी आफै बोक्सी

No Tax No Ncell अभियान प्रति ने.बि.संघ मकवानपुुरको कटाक्ष,:-आफै धामी आफै बोक्सी

 

बैशाख १३ हेटौडा,- नेपाल बिधार्थी संघ मकवानपुरले सत्तारत बिधार्थीहरुले चलाएको No Tax No Ncell अभियानको बारे धारणा सार्बजानिक गरेको  छ ।

बिहीबार आधिकारीक धारणा सार्बजानिक गरेको ने.बि.संघले उक्त अभियानलाइ आफै बोक्सी र आफै धामी बनेको संज्ञा दिएको छ । कर तिराउन राज्यको दाहित्व हो , दुइतिहाइको बलियो सरकार के हेरेर बसेको भन्दै एनसेललाइ करको दायरामा ल्याउने कुरामा कुनै विबाद नरहेको ने सब.संघ मकवानपुरले उल्लेख गरेको छ ।
आफनै बलियो सरकार भएको बेला कर जस्तो कुरा सम्म उठाउन नसक्ने अनि उपभोक्ताहरुलाइ बहिस्कार अभियान भन्दै सडकमा रमिता देखाएकाले भोलि खाद्यान्न व्यापारीले कर नतिर्ला खाना खान नै बहिष्कार गर्ने रु भोलि कुनै कपडा व्यापारीले कर नतिर्ला कपडा बहिष्कार गरेर नांगै बस्ने रु भन्दै प्रश्न गरेको छ ।

ने बि संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले तिखो कटाक्ष गर्दै यो अभियानलाइ माफियाका मतियारको नाटक भनेका छन ।
अध्यक्ष् खतिवडा भन्छन, -“दुईतिहाईको जनमतमा बनेको सरकार कति सम्म नालायक कर लिनलाई पनि आफ्ना भातृी संगठन सडकमा उफार्नु पर्ने, नाटकको नि सिमा हुन्छ सडकमा उफ्रनेले आफनै माफिया सरकारको विरोद गर्ने हैसियत नि राख्दैनन ? के कर उठाउने नियम कानुन यो सरकार संग छैन ।सामान्य जनताताले एक धुर जग्गाको कर नतिरदा उस्को सामान्य सिफारिस सम्म रोक्ने तर अरबौ कारोबार गर्ने कम्पनिको कर उडाउनै नसक्ने रु के कुरामा के को रोईलो हो यो कि पनि बालुवाटारको जस्तै क्षेतिपुर्तिको माग त हैन ?”
स्मरण रहोस हिजो मात्रै सत्तारत बिधार्थी नेताले बिज्ञप्ती मार्फत No Tax No Ncell अभियानमा सरीक हुन सबैलाइ अनुरोध गरेका थिए ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply