Tuesday, January 26, 2021
Home > mophosala > तनहुमा चिन्तनले नेकपाका दर्जनौँ कार्यकर्ता कांग्रेसमा भित्र्याए

तनहुमा चिन्तनले नेकपाका दर्जनौँ कार्यकर्ता कांग्रेसमा भित्र्याए

तनहु : युवा जागरण अभियानले तनहुकाे बन्दिपुर-२ माेरियाकाे दलित बस्तिमा सहभाेजन कार्यक्रम गरेकाे छ । सामाजिक विभेद, छुवाछुत अन्त्य गर्दै बिकसित समाज निर्माणमा सहयाेग पुगाउने हेतुले बन्दिपुर-२ तनहुँ दलित बस्तिमा,नब बर्ष २०७६ सालकाे शुभ उपलक्ष्यमा युवा जागरण अभियान द्वारा आयाेजित सामाजिक सचेतनाको लागि सह-भोजन कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सदस्य जीवन परियार, मा.प्रकाश स्नेहि, बरिष्ठ अधिबक्ता यदुनाथ खनाल,माननिय दाेबाटे बि.क, मा. सरिता गुरुङ, तनहु , महासमिति सदस्य बिनिता अधिकारी,नेपाली काँग्रेस बन्दिपुर गाउँपालिका अध्यक्ष कर्ण बहादुर खत्रि ,नेपाली काँग्रेस जिल्ला सहसचिव केश बहादुर सुनार, दलिथ संघ जिल्ला उपाध्यक्ष राम बहादुर बिक,सास्कृतिक संघ तनहुका अध्यक्ष बिन खाति,प्रजातान्त्रिक समाज केन्द्रका अध्यक्ष रबिन काेइराला,तरुण नेता लाल ब. जिसि,नेत्रि सर्मिला थापा, ने.बि.संघ नेता ई.भुवन भट्ट,ने.बि.संघ तनहु काठमाडाै सम्पर्क समिति अध्यक्ष प्रबिन कैनि,बिधार्थि नेता श्रिकृष्ण लामिछाने लगायत दलित समुदायका २०० महिला,पुरुषहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे सभातित्व युबा जागरण अभियानका संयाेजक ई.चिन्तन पाैडेलले गर्नु भएकाे थियाे । कार्यक्रममा सहभागि २०० दलित समुदायका महिला र पुरुषहरु सँगै उपस्थित नेता, कार्यकर्ताहरुले सह-भाेजन गरि नयाँ बर्षकाे शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै अभियानका संयाेजक पाैडेलले २००७ साल बाटनै नेपाली काँग्रेसले जातिय भेदभावकाे अन्त्यका लागि आन्दाेलन गर्दै आएकाे र २०२०सालमा छुवाछुतकाे अन्त्य भइ,२०७२ सालकाे संबिधानमा समेत दलितका अधिकार सुनिश्चित गरि भेदभाव गर्नेमाथि दण्डकाे ब्यबस्था समेत गरिएकाे छ तर अाजका दिन सम्म अाचरणमा सामाजिक भेदभाव, छुवाछुत अन्त्य नभएकाेले युबा जागरण अभियानले नयाँ सामाजिक अान्दाेलकाे सुरुवात गरेकाे संयाेजक पाैडेलले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य जीवन परियार,प्रकास स्नेहि लगायतका बक्ताले लाेकतन्त्र बलियाे बनाउनका लागि सामाजिक विभेद, छुवाछुत र द्वन्द अन्त्य हुनु आवश्यक रहेकाे बताए । दलितका अधिकार नेपाली काँग्रेसकै नेत्रित्वमा स्थापित भएका र दलितकाे पक्षमा वकालत गर्ने पार्टि काँग्रेस मात्रै भएकाे बिचार समेत नेता स्नेहिले बताए । नेपाली काँग्रेस स्थापना हुदा पनि बिपि काेइरालाले दलित समुदायका नेता देब्रत परियारलाई साथमा राखेकाे उदाहरण दिदै नेता परियारले दलितप्रति नेपाली काँग्रेसकाे व्यवहार सधै उदार रहेकाे तर सामाजिक आचरणमा कमजाेरिका कारण दलित प्रति बिभेदकाे व्यवहार आज सम्म समाजमा जिबित रहेकाले शासन ब्यबस्था दिगाे हुन नसक्ने भएका कारण युवा जागरण अभियानकाे प्रयासले यसकाे अन्तयका लागि नयाँ सन्देश प्रवाह हुने र शान्ति, स्थायिस्वका लागि समेा याेगदान पुग्ने बिश्वास ब्यक्त गरे ।

काँग्रेसकाे बिचार र युवा जागरण अभियानबाट प्रभाबित भई ने.क.पा बाट १३जना दलित युवाहरु राज कुमार नेपाली, बिकास नेपाली, सिताराम बिक, भरत बिक, शेखर नेपाली, बुद्धि बहादुर नेपाली, हाेम नेपाली, बिष्णु बहादुर नेपाली, राजकुमार नेपाली, शम्भु मझकाटि, सुक बहादुर नेपाली, हर्क बहादुर सुनार, बिदुर नेपाली केन्द्रिय सदस्य जीवन परियार र अभियानका संयाेजक चिन्तन पाैडेलकाे हातबाट टीका लगाउदै नेपाली काँग्रेसमा प्रबेश समेत गरेका छन् ।

Leave a Reply