Wednesday, January 27, 2021
Home > mophosala > कैलाश गाउपालिका ऐन बिरुद्ध अदालतको प्रहार,:-शिक्षकको सरुवा नगर्न आदेश

कैलाश गाउपालिका ऐन बिरुद्ध अदालतको प्रहार,:-शिक्षकको सरुवा नगर्न आदेश

 

हेटौडा बैशाख ५,:- मकवानपुरको कैलाश गाउपालिकाले गरेको शिक्षक सरुवालाइ कार्यन्वयन नगर्न उच्च अदालत पाटनको हेटौडा इजालसले आदेश जारी गरेका छ ।
कैलाश गाउपालिकाले अबैधानिकरुपमा राजनितिक प्रतिशोध पालेर दुख दिने मनसायले सरुवा गरेको भन्दै पिडीत शिक्षकद्धय मोहनलाल शिवाकोटी र सम्झना भट्टले गाउपालिकालाइ बिपक्षी बनाइ मुद्धा दायर गरेकोमा अदालतको यस्तो आदेश आएको हो । उक्त मुद्धामा बहश सकीएपछि नयाधिशद्धय पुष्पराज कोइराला र कृष्ण गरीको सयुक्त इजालसले सरुवा अबैध रहेको ठहर गर्दै सरुवा बदर गर्न आदालतले आदेश दिएको हो ।

संघिय र प्रादेशिक कानुनहरु नबनिसकेको अबस्थामा शिक्षक सरुवा ,बढुवाका कामहरु स्थानिय तहले गर्न नसक्ने कुरालाइ आदलतले सही तवरले निरुपण गरेको शिक्षासँग सम्बन्धित बिज्ञहरुले बताएका छन ।
मुलुकभरका स्थानिय तहमा पहिलोपटक कैलाश गाउपालिकाले शिक्षक दरबन्दी मिलान तथा सरुवाको काम गरेको थियो तर सरुवामा बिभेद र प्रतिशोधका कारण गाउपालिकाको यो कार्यले सफलता पाउन सकेकन । स्थानिय तहको ऐनलाइ आदलतको अंकुश लाएको यो पहिलो घटना बनेको छ ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply