बाध्यता उत्तिकै बनायो अनि रहर बनायो ।
बिदेशमा पसिना बेच्यो एक थान घर बनायो ।
न आफु निदाउछ न अरुलाइ निर्धक्क निदाउन दिन्छ
भन्नुहोस त कुन चाही पागलले यो शहर बनायो ।
यही सोचेर हुनुपर्छ सायद गरीबलाइ ज्युन मुस्कील छ
गरीबहरुकै मुल्यमा रसी बनायो जहर बनायो ।
दुइचार जना खसेनि जन्मदर घटोस भन्ने अपेक्षा हुनसक्छ
सरकारले पनि बस्तीकै बिचबाट ठुलो नहर बनायो ।
जब तिमी र म कसैगरी नछुटीने सुइको समाजले पायो
तब मात्र हो उसैले धर्म बनायो गोत्र अनि थर बनायो ।
मलाइ यस्तो लाग्छ यो कुनै पागल प्रेमीको अवधारणा हो
जस्ले एउटै चौतारीमा सँगै पिपल बनायो बर बनायो ।
-लेखक केशब खड्का पलपलखबरका मकवानपुर संवाददाता हुन ।