Sunday, January 24, 2021
Home > mophosala > कांग्रेसको शक्ति ओलीले अव थाहा पाउनेछन्ः विमलेन्द्र निधि

कांग्रेसको शक्ति ओलीले अव थाहा पाउनेछन्ः विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओली संविधान विपरित अघि बढिरहेको आरोप लगाएका छन् ।

कांग्रेस दोलखा काठमाडौं सम्पर्क समिति आज राजधानीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै निधिले भने, ‘ओली प्रधानमन्त्री भएपछि सूरुमा संविधान अनुसार संसदबाट सपथ ग्रहण गरेर जानुपर्ने ठाउँमा संविधानलाई नै मिचेर सपथ ग्रहण गरे, त्यो उनको कमजोरी नभएर हट थियो ।’

उनले सरकारले अहिलेसम्म उखानटुक्का भन्नुसी बाहेक केही गर्न नसकेको दावी गरे । अर्को प्रशंगमा निधिले नयाँ सालपछि कांग्रेसमा जागरण आउने बताएका छन्। उनले नयाँ बर्ष २०७६ लगत्तै कांग्रेसमा नयाँ जागरण आउने र त्यसले देशभरि कम्युनिस्ट अधिनायकवाद बिरुद्ध बलियो जनमत तयार पार्ने ठोकुवा गरे।

पार्टीको काम कारवाही हेर्न र वर्तमान अधिनायकवादी सरकारविरुद्ध गाउँ गाउँमा भण्डाफोर गर्न आगामी केन्द्रीय समिति बैठकले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउन लागेको निधिले जानकारी दिए।

उनले भने, ‘सवै जागे कांग्रेसलाई जिताउन धेरै समय नलाग्ने र जनताले नै भन्न थालिसके कम्युनिष्ट सरकारभन्दा कांग्रेस सरकार नै ठिक छ भनेर, त्यसैले सवै एक भएर लाग्न मेरो अनुरोध छ ।’

कार्यक्रममा कांग्रेस सांसद जिपछिरिङ लामा, ३ नम्बर प्रदेश सभा सांसद दिपेन्द्र श्रेष्ठ, अर्का प्रदेशसभा सांसद प्रभाप तामाङ, दोलखा काङ्ग्रेसका सभापति रुद्रबहादुर खड्का, नेताहरू उद्धवराज काफ्ले, ताराबहादुर कोइराला, कांग्रसका प्रभावशाली युवा नेता केशवराज चौलागाई, नेविसंघका नेता सन्पूताेषा पा०डे,प्रेस युनियन दोलखाका अध्यक्ष दिपशंकर चौलागाई, तरुण नेता कुमार अधिकारी, नेविसंघ दोलखाका अध्यक्ष भिम खड्का लगायतले बोलेका थिए।

Leave a Reply