Sunday, January 17, 2021
Home > mophosala > देउवाले बैठक बोलाए, पौडेल पुगे, सिटौला गएनन्

देउवाले बैठक बोलाए, पौडेल पुगे, सिटौला गएनन्

काठमाडौँ । नेपाली कांग्रेसमा विद्यमान विवादबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग छलफल गरेका छन् । सोमबार बिहान भएको छलफलमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला भने सहभागी भएनन् ।

कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०–४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट छन् । त्यसैले उनी सोमबारको छलफलमा समेत सहभागी नभएका हुन् ।

तर सिटौला बिरामी भएको र अहिले आराम गरिरहेका कारण ऊनी छलफलमा जान नसकेको सिटौला निकट एक नेताले बताए । सिटौलाको हालै अल्सरको शल्यक्रिया गरिएको थियो ।

देउवाले विवाद समाधानका लागि आफ्नै निवासमा शीर्ष नेतालाई छलफलको लागि बोलाएका थिए।

Leave a Reply