बारा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले बारा जिल्लाको हावाहुरी प्रभावित गाउँमा पुगेर राहत वितरण गरेका छन् ।
बारा पुगेका कांग्रेसका युवा नेता समेत रहेका चिन्तनले झण्डै दुई सय घरधुरीलाई राहत वितरण गरेका हुन् ।
काठमाडौंबाट गाडीमा राहत सामाग्री लिएर बारा पुगेका चिन्तनले मंगलबार परवानिपुर गाउँपालिकाको वडा नम्बर ४ चैनपुर गाउँमा करीव २ सय घरधुरीलाई राहत सामाग्री वितरण गरेको बताएका छन् ।
चिन्तनले युवा जागरण अभियान नामक आफ्नै संस्थाबाट साथीहरूसँग मिलेर पीडितहरूलाई त्रिपाल, खाद्य सामाग्री, झुल लगायत सामान वितरण गरेका छन् ।
कांग्रेसका युवा नेता चिन्तनले हावाहुरी पीडितहरूलाई राहतका लागि सबैसँग अपील पनि गरेका छन् ।
राहत सामाग्री कांग्रेसका युवा नेता चिन्तनले हावाहुरी अति प्रभावित गाउँ चैनपुरमा पुगेर वितरण गरेका हुन् । यो गाउँका पीडितहरूले राहत नपाएको गुनासो गरिरहेका बेला चिन्तनले आफ्नै व्यक्तिगत पहलमा राहत वितरण गरेका छन् ।