Friday, January 15, 2021
Home > mophosala > मनको दुर्विनबाट नियाल्दा

मनको दुर्विनबाट नियाल्दा

पूर्व राजालाई जहिले हेरें
त्यो मौकामा नियालेर हेरें
शुभराज्यभिषेक भन्दिन म
राज्यभिषेक मात्र भन्छु
किन्चित त्यो शुभ थिएन

हनुमानढोका पूर्वर्ती चोकमा
स्वर्ण सिंहासनमाथि
जब श्रीपेच गुथाए
केपि भट्टराइले !
माल्दाइको मुहारमा
अप्रत्याशित मुस्कान छरपष्ट
चेहराको उत्कट लालिमा
म कहिल्यै बिर्सन सक्तिन।

त्यहिं नाशल चौक हो क्यारे
जहाँ कोतपर्व घटेको थियो
चौतारिया र दरवारियाहरुको
टाउका छिनालिएका थिए
रगतको भेल बगेको थियो
क्षतबिक्षत भारदारका लासहरु
यत्रतत्र पसारिएका थिए
ती अबर्णनिय हिंसा
त्यहिं सिंहासनको खातिर थियो।

त्यस्तो खुनी बिरासत
रक्तकुण्डमाथिको सिंहासन
जब माल्दाइ चढ्दै थियो
मलाइ बिश्वास लागेको थिएन
त्यो श्रीपेचको स्वच्छ्तामाथी
अनेक शंका उब्जिएकै थियो
तर पनि हंसमुखले
ग्रहण गरेर मालदाइले
एकपटक संसार हल्लाए
अनि बर्बराउन लागे
म दाजु हजुर जस्तो
मुखमा अम्बक खांदेर
चुप चाप लागेर
कहाँ बस्छु र?

नभन्दै उनी चुपचाप छैनन्
आज मेरो गृह जिल्ला पुगेर
सुम्हालुङ टेकेर
भोलि इलामको नारानथान टेकेर
तलेजु भवानी मन्दिरको भित्रपट्टि
पुन हनुमान ढोका छिर्ने
मनसुवा लिएर नेपालखाल्डो
बेताव मनोदशाले हानिन्दैछ्न
म रमिते यता समुद्रावारिबाट
मनको दुर्बीन मिलाएर
दिलको टावरबाट हेरिरहेको छु।
जय नेपाल।

Leave a Reply