Sunday, January 24, 2021
Home > mophosala > नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक जिल्ला सम्मेलन(फोटो फिचर)

नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक जिल्ला सम्मेलन(फोटो फिचर)

तम्घास । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, “सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा राखेर एकदलीय अधिनायकवादी शासन सञ्चालन गर्ने दिशामा उन्मुख रहेको छ ।”

नेपाली काङ्ग्रेस गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनमा पार्टी सभापति देउवाले उक्त विचार व्यक्त गर्नुभएको हो । जनतालाई शुसासन दिइ उनीहरुको आर्थिकस्तर माथि उकास्नुको साटो वर्तमान सरकार जनतालाई कर बढाएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सङ्घीयता र संविधानको विरुद्धमा गएको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार राष्ट्रवादको भ¥याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको टिप्पणी गर्नुभयो । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइराला र सहमहामन्त्री प्रकाशशरण महतलगायतका केन्द्रीय नेताहरुले सरकारको आलोचना गर्नुभएको थियो ।

फोटो फिचर:

   

फोटो सामाजिक सञ्जाल

Leave a Reply